Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अस्ट्रेलियामा तलब बढ्यो, कामदार उत्साहित


१९, जेठ २०८३
  • 62
    SHARES
  • अस्ट्रेलियामा तलब बढ्यो, कामदार उत्साहित

    सिड्नी । अस्ट्रेलियाको स्वतन्त्र तलब निर्धारण निकायले देशका करिब २८ लाख न्यून आय भएका कामदारहरूको न्यूनतम तलब आगामी जुलाईदेखि ४ दशमलव ७५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।

    केही अर्थशास्त्रीहरूले यस निर्णयले मुद्रास्फीतिमा थप दबाब सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् । फेयर वर्क कमिसनका अनुसार जुलाई १ देखि न्यूनतम साप्ताहिक तलब १ हजार ४ डलर ९० अस्ट्रेलियन डलर (झन्डै ७१९ अमेरिकी डलर) पुग्नेछ । 

    यसअनुसार प्रतिघण्टा न्यूनतम ज्याला २६ डलर ४४ अस्ट्रेलियन डलर हुनेछ । यो वृद्धि गत वर्षको भन्दा बढी हो २०२५ मा न्यूनतम तलब ३ दशमलव ५ प्रतिशतले बढेको थियो ।

    तर ट्रेड युनियनहरूले माग गरेको समीक्षा अवधिमा ५ प्रतिशतदेखि ६ प्रतिशतका बीचमा तलब बढाउन माग गरेका थिए ।अस्ट्रेलियाली केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अष्ट्रेलिया’ (आरबीए)को कडा मौद्रिक नीतिले आगामी वर्ष आर्थिक वृद्धि सुस्त बनाउने आयोगले भनेको छ । 

    साथै अमेरिका–इरान तथा पश्च्मि एशियाको द्वन्द्वका कारण तेल आपूर्तिमा अवरोध हुँदा मुद्रास्फीति पुनः बढेको पनि उल्लेख गरेको छ । हालको अनिश्चित परिस्थितिमा वास्तविक तलब वृद्धि दिन सम्भव नभएको बताए पनि कम्तीमा कर्मचारीहरूको क्रयशक्ति सन २०२५ जुलाईको स्तरभन्दा तल नझरोस् भन्ने उद्देश्यले तलब बढाइएको आयोगले जनाएको छ ।

    न्यूनतम तलब वृद्धिले व्यवसायहरूको लागत थप बढाउने र त्यसले मुद्रास्फीतिलाई माथि धकेल्न सक्ने लगानी बैंकिङ कम्पनी सिटीग्रुपका विश्लेषकहरूले बताएका छन् । अगस्टमा आरबीएले ब्याजदर चौथोपटक बढाएर ४ दशमलव ६ प्रतिशत पुर्‍याउन सक्ने उनीहरूको अनुमान छ । वित्तीय सेवा प्रदायक कम्पनी वेष्टप्याकले पनि तलब वृद्धि अपेक्षाभन्दा ठुलो रहेको भन्दै मुद्रास्फीति अपेक्षाकृत लामो समयसम्म उच्च रहन सक्ने चेतावनी दिएको छ । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend