Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लेबनन आक्रमणलाई लिएर ट्रम्प र नेतन्याहूबीच चर्को विवाद: फोनमै अपशब्द प्रयोग गर्दै ट्रम्पले थर्काए


१९, जेठ २०८३
  • 72
    SHARES
  • लेबनन आक्रमणलाई लिएर ट्रम्प र नेतन्याहूबीच चर्को विवाद: फोनमै अपशब्द प्रयोग गर्दै ट्रम्पले थर्काए

    अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई टेलिफोनमार्फत कडा शब्दमा थर्काएका छन्। इसराइलले हिजबुल्लाहलाई निसाना बनाउने बहानामा लेबननमा आक्रमण तीव्र पारेपछि आक्रोशित बनेका ट्रम्पले नेतन्याहूसँगको संवादमा अपशब्द समेत प्रयोग गरेको अमेरिकी अनलाइन 'एक्सियस' ले खुलासा गरेको छ। सोमबार भएको उक्त तनावपूर्ण टेलिफोन संवादपछि इसराइलले बेरूतमा तय गरेको हमलाको योजना नै तत्कालका लागि रोक्न बाध्य भएको छ।

    त्यसबारे जानकार दुई उच्च अमेरिकी अधिकारी र अन्य स्रोतहरूलाई उद्धृत गर्दै एक्सियसले जनाए अनुसार, फोनवार्ता सुरु हुनासाथ ट्रम्प अत्यधिक रिसमा प्रस्तुत भएका थिए। ट्रम्पले कड्किँदै नेतन्याहूलाई भनेका थिए, "तिमी के गरिरहेका छौ? तिमी पागल हौ? के गरेको यो? म नभएको भए तिमी अहिले जेलमा हुन्थ्यौ। तिमीलाई मैले बचाइरहेको छु। सबैले तिमीलाई घृणा गर्छन् र तिम्रो कारणले गर्दा अहिले इसराइललाई पनि धेरैले मन पराउन छाडेका छन्।" ट्रम्पले यदि बेरुतमा आक्रमण योजना अघि बढाए इसराइल विश्वभर थप एक्लिने चेतावनी समेत दिएका थिए।

    इसराइलमाथि हिजबुल्लाहले गर्ने आक्रमण रोक्न इसराइलले आफ्नो सुरक्षा गर्नु आवश्यक रहेको कुरा ट्रम्पले बुझे पनि, पछिल्लो समय नेतन्याहूले सैन्य तनावलाई अति नै बढाएको महसुस ट्रम्पले गरेका छन्। विशेष गरी लेबननमा ठूलो संख्यामा सर्वसाधारण मारिएको घटनाले ट्रम्पलाई चिन्तित तुल्याएको छ। हिजबुल्लाहका कमान्डरलाई निसाना बनाउने नाममा पूरै भवन नै ध्वस्त पार्ने इसराइली सैन्य रणनीतिप्रति ट्रम्पले कडा असहमति जनाएका छन्।

    यता फोनवार्तापछि जारी वक्तव्यमा प्रधानमन्त्री नेतन्याहूले भने हिजबुल्लाहले आक्रमण नरोके बेरुतका लक्ष्यहरूमा हमला गरिने जानकारी ट्रम्पलाई गराएको दाबी गरेका छन्। उनले दक्षिणी लेबननमा सैन्य अभियान जारी रहने स्पष्ट पार्दै आफ्नो अडान यथावत रहेको बताएका छन्। तर, स्रोतका अनुसार ट्रम्पले कडा रूपमा थर्काउँदा नेतन्याहूले मधुरो स्वरमा "ठिक छ, सबै कुरा व्यवस्थापन भएको सुनिश्चित गर्नुस्" भन्दै जवाफ दिएका थिए। फोनवार्ता लगत्तै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मा इरानसँगको वार्ता तीव्र गतिमा अघि बढिरहेको जानकारी गराएका थिए।

    ट्रम्प र नेतन्याहूबीच इरानसँगको युद्ध रणनीतिलाई लिएर पुरानो मतभेद छ। ट्रम्प तत्काल अर्को भीषण युद्धमा होमिनुभन्दा सम्भावना भएसम्म वार्ताकै माध्यमबाट इरानसँग सम्झौता गर्न चाहन्छन्, जबकि नेतन्याहू इरानमाथि विनाशकारी हमला गर्नुपर्ने पक्षमा छन्। दुई साताअघि पनि ट्रम्पले इरानमाथि हमलाको तयारी गरेर अन्तिम समयमा रोकेका थिए भने फेब्रुअरी २८ को आक्रमणपछि इसराइललाई जानकारी नै नदिई युद्धविराम गरेका थिए, जसका कारण नेतन्याहू ट्रम्पप्रति पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका थिए। सोमबार इरानले पनि लेबननमा इसराइली कारबाही नरोकिए अमेरिकासँगको वार्ता छाड्ने चेतावनी दिएलगत्तै ट्रम्पले नेतन्याहूलाई इसराइलको कदमप्रति 'कृतघ्न' रहेको आरोप लगाएका हुन्।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend