Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी


२५, जेठ २०८३
  • 92
    SHARES
  • फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी

    मनीला– फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्।

    स्थानीय समय अनुसार बिहान ७:३७ बजे फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित सहरको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

    भूकम्पको तीव्रता र गहिराइका बारेमा विभिन्न भूगर्भसम्बन्धी निकायले फरक-फरक प्रारम्भिक विवरण सार्वजनिक गरेका छन्। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) का अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर रहेको थियो।

    तर, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने उक्त भूकम्प ७.८ म्याग्निच्युडको मापन गरेको छ। यूएसजीएसका अनुसार यसको गहिराइ ३५ किलोमिटर छ। यस्तै, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले पनि भूकम्प ७.८ म्याग्निच्युडकै रहेको र यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ।

    शक्तिशाली भूकम्पसँगै समुद्रमा ठुला छाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन्। भूकम्पबाट भएको थप क्षति र विवरणहरू आउन बाँकी छ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend