Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुडानमा ड्रोन आक्रमणमा परी मृत्यु हुनेकाे संख्या २३ पुग्याे, १९ घाइते


२९, जेठ २०८३
  • 79
    SHARES
  • सुडानमा ड्रोन आक्रमणमा परी मृत्यु हुनेकाे संख्या २३ पुग्याे, १९ घाइते

    एजेन्सी । सुडानको रणनीतिक शहर एल–ओबेदमा बिहीबार भएकाे ड्रोन आक्रमणमा परी मृत्यु हुनेकाे संख्या २३ जना पुगेकाे छ।

    एक अधिकारवादी समूह र प्रत्यक्षदर्शीहरूले आक्रमणमा परी १९ जना घाइते भएकाे बताएका हुन् । संयुक्त राष्ट्र संघले यस वर्षको जनवरीदेखि अप्रिलसम्म देशभर भएका ड्रोन आक्रमणमा परी ८ सय ८० जना सर्वसाधारणको मृत्यु भएको जनाएकाे छ ।

    सन् २०२३ अप्रिलमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच शुरु भएको द्वन्द्वसँगै बढेको ड्रोन युद्ध सुडानको हिंसाको प्रमुख विशेषता बनेको छ । मृत्यु हुनेमा दुई बालबालिका र एक महिला रहेको मेडिकल स्रोतले जनाएकाे छ ।

    युद्ध भरि दुर्व्यवहारको दस्तावेजीकरण गर्दै आएको आपतकालीन वकिल समूहले दक्षिणी कोर्डोफान क्षेत्रको मुख्य केन्द्रमा आवासीय क्षेत्रहरू, अन्त्येष्टि सभा र खाद्यान्न सामग्री बोकेको ट्रकमा आक्रमण बुधबार रातिदेखि शुरु भएर बिहीबारसम्म जारी रहेको थियो ।

    विशेष गरी आरएसएफले गत अक्टोबरमा पश्चिमी डार्फरमा सेनाको अन्तिम प्रमुख गढ एल–फाशर कब्जा गरेपछि इथियोपियाको सीमा नजिकै कोर्डोफान क्षेत्र र ब्लू नाइल राज्यमा हालैका महिनाहरूमा लडाइँ तीव्र भएको छ । तेल भण्डार, अझै पनि द्वन्द्व कडारूपमा जारी छ ।

    यस व्यापक द्वन्द्वले दशौं हजार मानिसहरूको ज्यान लिएको छ । एक करोड १० लाख भन्दा बढीलाई आफ्नो घरबाट विस्थापित गर्न बाध्य पारेको छ । यसलाई संयुक्त राष्ट्र संघले विश्वको सबै भन्दा ठूलो विस्थापन र भोकमरीको संकटको रूपमा वर्णन गरेको हाे ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend