Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकाले हटायो इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी


५, असार २०८३
  • 81
    SHARES
  • अमेरिकाले हटायो इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी

    एजेन्सी । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ ।

    अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हाे । यता इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले निराश भएर विभिन्न दबाब र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनुभएको छ ।

    उहाँले भविष्यमा तेहरान र वासिङ्टनबीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नुभएको छ । तर राष्ट्रपति ट्रम्पले भने खामेनीको अभिव्यक्तिप्रति केही प्रतिक्रिया दिनुभएको छैन । अमेरिका र इरान सम्झौता १४ वटा मुख्य बुँदामा आधारित छन् ।

    जसमा हर्मुज जलमार्ग सञ्चालन गर्ने, इरानले परमाणु हतियार विकास नगर्ने, इरानमा आर्थिक विकासका कोष स्थापना लगायत छन् । दुवै पक्षले अधिकतम ६० दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेका छन् ।

    सम्झौतामा हस्ताक्षरका लागि शुक्रबार स्विट्जरल्याण्डमा औपचारिक समारोह तय गरिएको थियो । तर सम्झौतामा डिजिटल माध्यमबाट हस्ताक्षर भएपछि समारोह रद्द गरिएको खबरमा उल्लेख गरिएकाे छ । यद्यपि दुवै देशका प्रतिनिधिहरू थप प्राविधिक वार्ताका लागि स्विट्जरल्याण्डमा भेट्ने अपेक्षा गरिएको छ ।

    ट्रम्प प्रशासनले गरेको सम्झौताको अमेरिकाभित्रै आलोचना भइरहेको हाे । विशेष गरी इरानको पुनर्निर्माणका लागि ठूलो कोष स्थापना गर्ने प्रावधानलाई लिएर केही रिपब्लिकन नेताहरू असन्तुष्ट भएका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend