Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी हवाई आक्रमण युद्धविरामविरुद्धको खुला उल्लङ्घन : इरान


१४, असार २०८३
  • 91
    SHARES
  • अमेरिकी हवाई आक्रमण युद्धविरामविरुद्धको खुला उल्लङ्घन : इरान

    तेहरान । इरानले शनिबार भएको अमेरिकी हवाई आक्रमणलाई अमेरिका–इरानबिच जुन १८ मा भएको युद्धविरामसम्बन्धी समझदारीको स्पष्ट उल्लङ्घन भएको जनाएको छ । इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा अमेरिकामाथि आफ्ना प्रतिबद्धताप्रति कुनै सम्मान नरहेको आरोप लगाएको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले अमेरिकी शासनले आफ्ना प्रतिबद्धतालाई कुनै महत्त्व नदिने र वाचा तोड्नु नै त्यस शासनको स्वभाव भएको कुरा फेरि प्रमाणित गरेको छ,’ ।

    यसअघि अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले अमेरिकी नौसेना र वायुसेनाले स्टेट अफ होर्मुज आसपास रहेका इरानका १० वटा सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको थियो । अमेरिकाले उक्त कारबाही इरानले एक व्यापारिक जहाजमाथि गरेको आक्रमणको जवाफ भएको दाबी गरेको छ ।

    अमेरिकी आक्रमणपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य सुविधाहरूलाई मिसाइल र ड्रोनमार्फत निशाना बनाएको जनाएको छ । इरानी विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानले अमेरिकी सैन्य आक्रमणविरुद्ध आफ्नो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ संकल्प दोहोर्‍याएको छ,’ । एजेन्सी

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend