Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति


१५, असार २०८३
  • 90
    SHARES
  • अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति

    काठमाण्डौ — केही दिनयता एकअर्कामाथि सैन्य आक्रमण गरिरहेका अमेरिका र इरानले तत्कालका लागि सबै सैन्य गतिविधि रोक्ने सहमति गरेका छन् । रोयटर्सका अनुसार दुवै देशले हर्मुज विवाद समाधान गर्न भोलि मंगलवार कतारको दोहामा प्राविधिक वार्ता गर्ने तयारी गरेका खबरमा उल्लेख छ ।

    वार्ताको अवधिभर दुवै पक्षले सैन्य कारबाही स्थगित गर्ने र व्यापारिक जहाजहरूलाई हर्मुज जलमार्गबाट निर्बाध आवतजावत गर्न दिने समझदारी बनेको छ । यद्यपि वाशिङ्टन र तेहरानले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

    यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षा पूर्ण रूपमा इरानको जिम्मेवारी भएको बताउनुभएको छ । पछिल्ला केही दिनयता हर्मुज जलमार्ग जहाज सञ्चालनको विषयलाई लिएर अमेरिका र इरानबीच तनाव बढेको थियो ।

    अमेरिकाले इरानका केही तटीय क्षेत्रमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा अमेरिकी सैन्य इलाकालाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको थियो । दोहामा हुने वार्ताले हर्मुजको सुरक्षा, अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजको आवागमन तथा अमेरिका–इरानबीचको पछिल्लो तनावलाई कूटनीतिक रूपमा समाधान गर्ने अपेक्षा गरिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend