Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २३ सय नाघ्यो, ११ हजार बढी घाइते


१९, असार २०८३
  • 75
    SHARES
  • भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २३ सय नाघ्यो, ११ हजार बढी घाइते

    एजेन्सी । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३ सय जना नाघेकाे छ।

    राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) ले भूकम्पमा परी ११ हजार भन्दा बढी घाइते भएकाे जनाएकाे हाे । उद्धारकर्मीहरूले हालसम्म ६ हजार ४ सय भन्दा बढी मानिसलाई जीवित उद्धार गरेका छन् । एजेन्सीहरूले हजारौं मानिस घरबारविहीन भएको र उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको बताएका हुन् ।

    भूकम्प गएको करिब आठ दिनपछि पनि मानिसहरु जीवित भेटिने आशा कायमै रहेको हो । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले तीन महिनाका लागि १ लाख मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ।

    युएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको हो । याेसँगै भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गहिरिएको युएनएचसीआरले जनाएकाे छ ।

    युएनएचसीआरले सबै भन्दा बढी प्रभावित समुदायका तत्कालीन आवश्यकता पहिचान गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ । राष्ट्रसंघले भूकम्पका कारण अस्पताल, ४ सय भन्दा बढी विद्यालय, खानेपानी सञ्जालका संरचना तथा एक हजार बढी भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका हुन् ।

    अस्थायी शिविरमा बसोबास गरिरहेका प्रभावित नागरिकबीच सरुवा रोग तथा अन्य स्वास्थ्य समस्या फैलिन सक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend