Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दक्षिण कोरियाद्वारा सन् २०३५ सम्ममा आफ्नै भू–उपग्रह सञ्जाल निर्माण गर्ने योजना स्वीकृत


२०, असार २०८३
  • 71
    SHARES
  • दक्षिण कोरियाद्वारा सन् २०३५ सम्ममा आफ्नै भू–उपग्रह सञ्जाल निर्माण गर्ने योजना स्वीकृत

    एजेन्सी । दक्षिण कोरियाले सन् २०३५ सम्ममा पृथ्वीको तल्लो कक्ष ९लो–अर्थ अर्बिट–एलइओ० मा आफ्नै भू–उपग्रह सञ्चार सञ्जाल निर्माण गर्ने र सन् २०३० सम्ममा चन्द्रमामा अवतरण गर्ने लक्ष्यसहितको नयाँ रणनीतिक योजना स्वीकृत गरेको छ ।

    योनहाप समाचार एजेन्सीकाअनुसार राष्ट्रपति ली जे–म्युङको अध्यक्षतामा शुक्रवार बसेको राष्ट्रिय अन्तरिक्ष समितिको बैठकले उक्त महत्वाकांक्षी रणनीतिलाई अनुमोदन गरेको हो ।

    यस योजनाअन्तर्गत दक्षिण कोरियाले सन् २०३५ सम्ममा एउटा स्वतन्त्र भू–उपग्रह सञ्चार प्रणाली स्थापना गर्न सयौँको सङ्ख्यामा भू–उपग्रहहरू प्रक्षेपण गर्ने लक्ष्य राखेको छ ।

    कोरिया एरोस्पेस एडमिनिस्ट्रेशनका प्रशासक ओ ताए–सोकले प्रमुख अन्तरिक्ष शक्ति सम्पन्न राष्ट्रहरूबीच यतिबेला भू–उपग्रह सञ्जाल निर्माणमा तिब्र प्रतिष्पर्धा भइरहेको उल्लेख गरे ।

    उनले यसलाई राष्ट्रिय सुरक्षा र सञ्चार सार्वभौमिकताको रक्षाका लागि महत्त्वपूर्ण पूर्वाधारका साथै आगामी ‘सिक्स–जी’ युगका लागि रणनीतिक आधारस्तम्भका रूपमा व्याख्या गरे ।

    यस परियोजनाले दक्षिण कोरियाको स्वदेशी भू–उपग्रह तथा प्रक्षेपण वाहन ९लञ्च भेहिकल० उद्योगलाई थप सुदृढ बनाउनुका साथै मुलुकको समग्र एयरोस्पेस औद्योगिक इकोसिस्टमलाई पनि बलियो बनाउने विश्वास प्रशासक ओले व्यक्त गरे ।

    यसैगरी, सरकारले आफ्नो अन्तरिक्ष उद्योगलाई प्रोत्साहन गर्न र विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्रमा प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले चन्द्रमामा अवतरण गर्ने लक्ष्यलाई पनि दुई वर्ष अगाडि सारेको छ ।

    यसअघि सन् २०३२ का लागि तय गरिएको उक्त लक्ष्यलाई परिमार्जन गर्दै अब सन् २०३० भित्रै चन्द्रमामा स्वदेशी यान अवतरण गराउने सरकारको योजना छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend