Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा तेहरानमा जनसागर, भाेलि अन्त्येष्टि गरिंने


२४, असार २०८३
  • 79
    SHARES
  • इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा तेहरानमा जनसागर, भाेलि अन्त्येष्टि गरिंने

    एजेन्सी । इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन राजधानी तेहरानका सडकहरूमा विशाल जनसागर ओर्लिएको छ ।

    गत फेब्रुअरीको अन्त्यमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका नेता खामेनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न देशैभरबाट ठूलो संख्यामा नागरिकहरू भेला भएका हुन् । मध्य तेहरानस्थित इमाम खोमेनी मोसल्ला प्रार्थना गृहमा दुई दिनसम्म चलेको बिदाई समारोहपछि अन्त्येष्टि जुलुस निकालिएको थियो ।

    उक्त समारोहमा इरानी राष्ट्रपति मसूद पेजेस्कियान, न्यायपालिका प्रमुख गुलामहोसेन मोहसेनी–एजेई, विशेषज्ञ परिषदका अध्यक्ष अहमद जन्नाती र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बकिर जोल्कादर लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    यसैबीच, अमेरिकी–इजरायली आक्रमणमा मारिएको भनिएका पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद पनि समारोहमा उपस्थित देखिएका छन् । जुलुस पूर्वी तेहरानको दमावन्द सडकदेखि पश्चिमको आजादी चोक र लश्गरी राजमार्गसम्म करिव १० किलोमिटर लामो रुटमा चलेको थियो ।

    शोकमा डुबेका सहभागीहरूले दिवङ्गत नेताको तस्बिर, इरानी झण्डा र प्रतिशोधको प्रतीक मानिने रातो ब्यानरहरू बोकेका थिए । उनीहरूले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै आफ्ना नेताको हत्याको बदला लिने र उहाँले देखाएको मार्गमा अविचलित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    यसअघि गत शुक्रबार तेहरानमा आयोजित एक समारोहमा इरानी तथा विदेशी उच्च अधिकारीहरूले दिवङ्गत नेताप्रति सम्मान व्यक्त गरेका थिए । लामो समय अर्थात् करिब ३७ वर्ष इरानको सर्वोच्च नेताका रूपमा कार्यभार सम्हालेका खामेनीलाई यहि असार २५ गते बिहीबार उत्तर–पूर्वी सहर मशहदमा समाधिस्थ गरिने भएकाे छ।

    नेता खामेनीको मृत्युपश्चात गत मार्चमा उहाँका छोरा मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend