Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानले भन्यो: अमेरिकाको आक्रमणबाट १४ नागरिक मारिए


२६, असार २०८३
  • 85
    SHARES
  • इरानले भन्यो: अमेरिकाको आक्रमणबाट १४ नागरिक मारिए

    काठमाडौँ । इरानले बितेका २ दिनमा अमेरिकाको आक्रमणबाट १४ जना नागरिक मारिएको बताएको छ। 

    दुई देशबिच बिहीबार पनि हानाहान जारी रह्यो। जसका कारण होर्मुज जलमार्गमा जहाज आवतजावत लगभग ठप्प भएको छ। 

    अमेरिकाले इरानका ९० निसानमा प्रहार गरिएको बताएको छ, जसमा होर्मुजनजिकका केही स्थान पनि पर्छन्।

    इरानले विगत दुई दिनमा अमेरिकाको आक्रमणबाट १४ नागरिक मारिएको दाबी गरेको छ।

    इरानको सरकारी सञ्चारमाध्यमले प्रान्तीय उपगभर्नरलाई उद्धृत गर्दै बुसेहर आणविक प्लान्ट नजिक पनि आक्रमण गरिएको उल्लेख गरेको छ। तर अमेरिकाले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

    बदलामा इरानले कुवेत, बहराइन र कतारमा रहेका अमेरिकाका अड्डामा हवाई हमला गरिएको बताएको छ।

    बिहीबार इरानले कुवेत, जोर्डन र इराकका धेरै स्थानमा थप आक्रमण गरेको राज्य-समर्थित मिडियाले जनाएको छ। 

    यसैबिच इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई ६ दिनको श्रद्धाञ्जली कार्यक्रमपछि बिहीबार मसहद अन्त्येष्टि गरिएको छ।

    त्यस क्रममा इरानको उत्तरपूर्वी सहर मसहदको सडकमा इरानी झण्डाका साथ ठुलो संख्यामा मानिस भेला भएका थिए।

    केहीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ज्यान मार्ने धम्की भएका पोस्टर पनि बोकेका थिए।

    गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरुमा गरेको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी परिवारसहित मारिएका थिए। 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend