Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी


३०, असार २०८३
  • 81
    SHARES
  • स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

    काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगा हर्मुज स्ट्रेटमा फेरि नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले उक्त जलमार्ग प्रयोग गर्ने मालवाहक जहाजहरूसँग २० प्रतिशत कर लिने घोषणा पनि गरेका छन्।

    अमेरिकी राष्ट्रपतिको यो घोषणाप्रति प्रतिक्रिया जनाउँदै इरानको शीर्ष सैन्य मुख्यालय, खातम अल–अन्बियाले अमेरिकालाई हर्मुजको जलडमरूमको व्यवस्थापनमा हस्तक्षेप गर्न नदिने बताएको छ।

    ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हर्मुज स्ट्रेट खुला छ र इरानका साथ वा ऊबिना पनि खुला रहनेछ। हामी ‘इरानी नाकाबन्दी’ पुनः लागु गर्दैछौँ। यसलाई यस्तो नाम दिइएको छ, किनभने यसको उद्देश्य केवल इरानी जहाज वा उसका ग्राहकका जहाजलाई आउजाउ गर्न रोक्नु हो।’ अन्य सबै देशलाई भने यो जलमार्ग निष्पक्ष र खुलारूपमा प्रयोग गर्न दिइने उनले उल्लेख गरेका छन्। 

    ट्रम्पले लेखेका छन्, अबदेखि संयुक्त राज्य अमेरिकालाई ‘हर्मुज स्ट्रेटको संरक्षक’ भनिनेछ। र, निष्पक्ष आधारमा यस संवेदनशील समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न लाग्ने सबै खर्च उठाउन यस जलमार्ग प्रयोग गर्ने प्रत्येक मालवाहक जहाजलाई २० प्रतिशत शुल्क लगाइनेछ। यो व्यवस्था लागु गर्ने प्रक्रिया तुरुन्तै सुरु हुनेछ।’

    अमेरिकी सेनाका अनुसार ट्रम्पको आदेशपछि मंगलबार राति ८ बजेदेखि इरानी बन्दरगाहमा नाकाबन्दी पुनः लागु गरिनेछ।

    उता इरानको शीर्ष सैन्य मुख्यालय ‘खात्म अल–अन्बिया’ले भने अमेरिकालाई हर्मुजमा हस्तक्षेप गर्न नदिइने चेतावनी दिएको छ। इरानको सैन्य मुख्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हर्मुज स्ट्रेटमा अमेरिकाको बारम्बारको हर्कतले सम्पूर्ण क्षेत्रको सुरक्षालाई गम्भीर जोखिममा पारेको छ।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामीले अमेरिकालाई यो महत्वपूर्ण समुद्री मार्ग नियन्त्रणमा लिन कहिल्यै अनुमति दिएका छैनौँ र दिने पनि छैनौँ।’

    नाकाबन्दीका लागि अमेरिकालाई गरिने कुनैपनि सहयोलाई ‘इरानको सार्वभौमसत्ताविरुद्धको युद्ध मानिने’ चेतावनी पनि इरानी सेनाले दिएको छ। इरानी सेनाले अगाडि भनेको छ, ‘यदि द्वन्द्व अझ फैलियो भने युद्धको आगोले यस क्षेत्रका सबै देशलाई निल्नेछ।’

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend