Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता


३१, असार २०८३
  • 97
    SHARES
  • सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।

    धनगढीमा आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिनुभयो ।

    उहाँले आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा पार्टीको असहमति रहेको र समाधानका लागि छलफल भइरहेका बेला आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गरेपछि समर्थन फिर्ता लिनुपरेको बताउनुभयो ।

    नेता रावलले पार्टीभित्र छलफल तथा नेताहरुसँग आवश्यक परामर्शपछि आगामी योजना निर्माण गरिने र प्रदेश सरकार तथा बजेटबारे धारणा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

    मुख्यमन्त्री कमलबहादुर शाहले आजै एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पदमुक्त गर्नुभएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend