Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकी सेनाकाे आक्रमणमा परी इरानमा ३८ जनाको ज्यान गयो, ४ सय घाइते


३, साउन २०८३
  • 100
    SHARES
  • अमेरिकी सेनाकाे आक्रमणमा परी इरानमा ३८ जनाको ज्यान गयो, ४ सय घाइते

    एजेन्सी । अमेरिकी सेनाले गरेको पछिल्लो आक्रमणमा परी इरानमा ३८ जनाको मृत्यु भएको छ ।

    आक्रमणमा परी ४ सय जना भन्दा बढी घाइते भएकाे इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआइले जनाएको हाे ।

    आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावरलगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्‍याएको छ । अमेरिकाले यो कारबाही इरानको सैन्य क्षमता कमजोर पार्न र क्षेत्रीय सुरक्षा खतरा न्यूनीकरण गर्न गरेको बताएको हाे ।

    तर इरानले नागरिक पूर्वाधारलाई लक्षित गरिएको आरोप लगाएको छ । जवाफी कारबाही स्वरूप इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी सैन्य शिविरहरूमा आक्रमण गरेको दावी गरेको हाे ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित ठूलो सैन्य कारबाहीका लागि इजरायलमा थप दर्जनौँ रिफ्युलिङ प्लेन पठाउने एक्सियोसको रिपोर्टले जनाएको छ ।

    राष्ट्रपति ट्रम्पले नयाँ सैन्य योजना हेरेपछि हर्मोज जलमार्ग वरपर अहिलेसम्म भइरहेका आक्रमण भन्दा बढी ठूलो आक्रमणको तयारी गर्नुभएको हो । जसमा इरानका ऊर्जा र आणविक फ्यासिलिटीहरू पनि निशानामा पर्न सक्छन् ।

    यद्यपि अन्तिम निर्णय भने नसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका हुन् । अहिले बेन गुरियन र रमोन एयरपोर्टमा गरी करिब ६० वटा अमेरिकी रिफ्युलिङ प्लेन खडा गरिएकाे छ ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend