Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते


९, साउन २०८३
  • 69
    SHARES
  • युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

    काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । ड्रोन प्रविधि प्रदर्शन भइरहेको किभस्थित एक प्रदर्शनीस्थलमा मात्रै रुसले प्रहार गरेको ब्यालिस्टिक मिसाइल आक्रमणबाट १० जनाको मृत्यु भएको हो।

    यस्तै, पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ। उत्तरी सुमी शहरमा पनि शनिबार बिहान दुई जनाको मृत्यु भएको युक्रेनी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्।

    युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका नुसार रक्षा क्षेत्रका प्रमुख व्यक्तिहरूको सहभागिता रहेको सो प्रदर्शनीमा भएको आक्रमणमा करिब एकसय जना घाइते भएका छन्।

    शुक्रबार साँझ जेलेन्स्कीले रुसले अर्को ठूलो मिसाइल आक्रमणको तयारी गरिरहेको र त्यो ४८ घण्टाभित्र हुन सक्ने गुप्तचर सूचना पाएको बताएका थिए।

    युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातका अनुसार किभ नजिकको आक्रमणमा रुसले तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो, जसमध्ये एउटा मात्रै युक्रेनी वायु प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको थियो।

    उता, रुसले आक्रमणको पुष्टि गरेको छ। रुसी रक्षा मन्त्रालयले रुसभित्रका नागरिक क्षेत्रहरूलाई निशाना बनाउन प्रयोग गरिने ड्रोनहरूको प्रदर्शन भइरहेको स्थानमा अत्याधुनिक दूरगामी हतियार प्रयोग गरिएको जनाएको छ ।

    सन् २०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता यस्तो प्रकारको प्रदर्शनीमा आक्रमण भएको यो कम्तीमा तेस्रो पटक हो ।

    यसैबीच, युक्रेनले शुक्रबार रुसको किरोभ शहरस्थित एउटा सैन्य उद्योगमा आक्रमण गर्दा ६ जनाको मृत्यु भएको र २६ जना घाइते भएको रुसी पक्षले जनाएको छ। युक्रेनले रुसको सबैभन्दा ठुलो अनलाइन खुद्रा विक्रेता वाइल्डबेरीजका गोदामहरूमा पनि ड्रोन आक्रमण गरेको थियो।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend