Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाँच प्रदेशमा ओलि-प्रचण्ड नेतृत्वको नयाँ सत्ता समीकरण,  सहमतिपत्र सार्वजनिक


९, साउन २०८३
  • 100
    SHARES
  • पाँच प्रदेशमा ओलि-प्रचण्ड नेतृत्वको नयाँ सत्ता समीकरण,  सहमतिपत्र सार्वजनिक

    काठमाडौं ।  प्रदेश सरकारहरूमा देखिएको राजनीतिक अस्थिरता, बजेट निर्माणमा उत्पन्न विवाद र विकासका काममा आएको अवरोध अन्त्य गर्ने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेशस्तरीय सत्ता साझेदारीसम्बन्धी सहमतिपत्र सार्वजनिक भएको छ।

    शनिबार सार्वजनिक गरिएको सहमतिअनुसार दुवै दलले प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने निर्णय गरेका छन्। सहमतिपत्रमा प्रदेश सरकारको नेतृत्व बाँडफाँडसमेत स्पष्ट गरिएको छ।

    सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी ले गर्ने सहमति भएको छ।

    यस्तै मधेस र गण्डकी प्रदेश मा भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको स्वरूप तय गर्ने उल्लेख गरिएको छ।

    सहमतिपत्रमा पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धालाई अन्त्य गर्दै जनताको चाहनाअनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

    सहमतिपत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्। सहमति २०८३ साल साउन ९ गते सम्पन्न भएको उल्लेख गरिएको छ।

    यो सहमतिसँगै प्रदेश सरकारहरूको नयाँ सत्ता समीकरण र नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend