Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानमा अमेरिकी जवाफी आक्रमण, मध्यपूर्व फेरि युद्धको चपेटामा


१४, साउन २०८३
  • 95
    SHARES
  • इरानमा अमेरिकी जवाफी आक्रमण, मध्यपूर्व फेरि युद्धको चपेटामा

    तेहरान । जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणको प्रयासपछि संयुक्त राज्य अमेरिकाले बिहीबार इरानका विभिन्न सैन्य लक्ष्यमा व्यापक जवाफी आक्रमण गरेको छ । करिब एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः सुरु भएसँगै वार्तामार्फत तनाव कम हुने आशामा गम्भीर धक्का लागेको छ भने मध्यपूर्व फेरि युद्धको जोखिमपूर्ण चरणमा प्रवेश गरेको छ ।

    अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्ट्रल कमान्ड) ले यो कारबाहीलाई मध्यपूर्वमा तैनाथ आफ्ना सैनिकमाथि भएको इरानी आक्रमणको ‘शक्तिशाली प्रतिक्रिया’ भएको जनाएको छ । आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै इरानलाई ‘कडा प्रहार’ गरिने चेतावनी दिएको थियो ।

    इरानी सरकारी सञ्चारमाध्यमका अनुसार पश्चिमोत्तर पिरानशहर सीमावर्ती क्षेत्रमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको छ । फार्स समाचार एजेन्सीले निर्जन क्षेत्रमा आक्रमण भएकाले मानवीय क्षति नभएको जनाएको छ । त्यसअघि जोर्डनको सेनाले इरानबाट प्रहार गरिएका पाँचवटा क्षेप्यास्त्र अवरोध गरी नष्ट गरेको जानकारी दिएको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले ती आक्रमण अमेरिकी सैन्य अड्डालाई लक्षित रहेको दाबी गर्दै इरानमाथिको खतरा कायम रहेसम्म ‘प्रतिरोध जारी रहने’ चेतावनी दिएको छ ।

    युद्धको अर्को मोर्चामा इजरायलले लेबनानबाट हिजबुल्लाहले इजरायली सवारीसाधनलाई लक्षित गरी ड्रोन प्रयोग गरेको आरोप लगाउँदै त्यसलाई युद्धविरामको स्पष्ट उल्लङ्घन भनेको छ । यसअघि इजरायलले इरानविरुद्धको युद्धको प्रारम्भिक चरणमा अमेरिकासँग संयुक्त रूपमा कारबाही गरेको भए पनि पछिल्लो अमेरिकी आक्रमणमा प्रत्यक्ष सहभागी भएको पुष्टि भएको छैन ।

    यसैबीच अमेरिका र साउदी अरेबियाले इराकभित्र इरानसमर्थित सशस्त्र समूहका आधार र हतियार भण्डारण स्थललाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरेका छन् । अमेरिकी सेनाले रसद तथा हतियार भण्डारण केन्द्रमा प्रहार गरिएको जनाएको छ ।

    इराकको हसद अल–शाबी गठबन्धनले उक्त आक्रमणमा आफ्ना कम्तीमा २० सदस्य मारिएको दाबी गरेको छ । गठबन्धनले यसलाई इराकको आधिकारिक सुरक्षा संरचनामाथिको ‘खतरनाक वृद्धि’ भन्दै निन्दा गरेको छ । दुई हसद अधिकारीका अनुसार मारिनेमा पाँच इरानी सैन्य सल्लाहकार पनि रहेका छन् । एएफपीका संवाददाताले इरानी झण्डाले ढाकिएका कफिनहरू देखेको जनाएका छन् ।

    सन् २०१४ मा जिहादीविरुद्ध लड्न गठन गरिएको हसद अल–शाबी पछि इराकी सुरक्षा संरचनामा समाहित भएको थियो । यसभित्र इरानसँग निकट सम्बन्ध रहेका विभिन्न सशस्त्र समूह आबद्ध छन् ।

    इराक सरकारले अमेरिका–साउदी आक्रमणको विरोध गर्दै आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेप अस्वीकार्य भएको जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्ले इराकको भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारेको छ । यद्यपि फक्स न्युजका अनुसार राष्ट्रपति ट्रम्पले भने यो कारबाही इराकी सरकारसँग समन्वय गरेर गरिएको दाबी गरेको छ ।

    यी घटनाक्रम अमेरिकाले इरानसमर्थित सशस्त्र समूहलाई निःशस्त्रीकरण गर्न इराकमाथि दबाब बढाइरहेका बेला भएका हुन् । यसै महिनाको सुरुआतमा इराकका प्रधानमन्त्री अली अल–जैदीले अमेरिका र इरान दुवैको भ्रमण गरेको थियो ।

    युद्धका कारण विश्व ऊर्जा बजारमा पनि प्रभाव परेको छ । तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको छ भने ३० वर्षे अमेरिकी ट्रेजरी बन्डको प्रतिफल सन् २००७ यताकै उच्च स्तरमा पुगेको छ ।

    यसअघि अमेरिका र इरानबीच तनाव कम गर्दै नयाँ चरणको वार्ता सुरु गर्ने प्रयास भइरहेको थियो । त्यसको केन्द्रमा विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलघाँटी थियो । हर्मुज जलघाँटीलाई इरानले युद्धको अधिकांश अवधिमा प्रभावकारी रूपमा नियन्त्रणमा राखेको थियो ।

    इरानको रिभोलुसनरी गार्ड्सले जलडघाँटीमा पूर्ण नियन्त्रण रहेको दाबी गर्दै तीनवटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ । तेहरानले उक्त मार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने योजना पनि सार्वजनिक गरेको छ, जसको अमेरिकाले कडा विरोध गरेको छ ।

    यससँगै वासिङ्टनले हर्मुज हुँदै आवतजावत गर्ने जहाजलाई दबाबमा पारेको आरोप लगाउँदै इरानको रिभोलुसनरी गार्ड्ससँग सम्बद्ध संस्था र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । हर्मुज मार्गमा बढ्दो असुरक्षाका कारण साउदी अरेबियाको वैकल्पिक निर्यात मार्गका रूपमा लाल सागरको रणनीतिक महत्त्व अझ बढेको विश्लेषण गरिएको छ । रासस

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend