Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा बैठकः पदाधिकारी र केन्द्रीय सदस्यहरू मनोनयन गरिने, यी हुन् एजेन्डा


२, भदौ २०८३
  • 114
    SHARES
  • रास्वपा बैठकः पदाधिकारी र केन्द्रीय सदस्यहरू मनोनयन गरिने, यी हुन् एजेन्डा

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठकको कार्यसूची टुंग्याएको छ। रास्वपाले पार्टी दस्ताबेज, सांगठनिक व्यवस्थापन तथा मनोनयनलगायतसँग सम्बन्धित एजेन्डाहरू तय गरेको हो।

    केन्द्रीय समिति बैठक भदौ ५ गते शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ।

    यी हुन् बैठकका कार्यसूचीहरूः

    क) दस्ताबेज सम्बन्धमा
    १. स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्बन्धमा।

    २. राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा।

    ख) साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी
    १. केन्द्रीय समिति सदस्य मनोनयन सम्बन्धमा।
    २. पदाधिकारी मनोनयन सम्बन्धमा।
    ३. सचिवालय सदस्य मनोनयन सम्बन्धमा।
    ४. विभागीय प्रमुखहरूको मनोनयन सम्बन्धमा।
    ५. स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन सम्बन्धमा।

    ग) योजना, कार्यक्रम तथा अभियान सम्बन्धी
    १. केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा।
    २. पार्टीको मुखपत्रका रूपमा "स्वतन्त्र" मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा।

    घ) विविध

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend