Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देउवा भेट्न गगन थापाले मागे समय, कांग्रेसभित्रको राजनीतिक भेटघाटमा बढ्यो चासो


८, भदौ २०८३
  • 91
    SHARES
  • देउवा भेट्न गगन थापाले मागे समय, कांग्रेसभित्रको राजनीतिक भेटघाटमा बढ्यो चासो

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने तयारी गरेका छन्। थापाले देउवालाई भेट्न समय मागेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

    भानु देउवाका अनुसार थापाले टेलिफोनमार्फत देउवासँग भेट गर्ने इच्छा व्यक्त गर्दै समय मागेका हुन्। भेटका लागि समय मिलाएर थापालाई बोलाइने उनले बताएका छन्।

    जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि उनी गत साउन २८ गते करिब साढे पाँच महिनापछि स्वदेश फर्किएका हुन्।

    देउवा स्वदेश फर्किएपछि कांग्रेस नेतृत्व तहमा शीर्ष नेताहरूबीच भेटघाट र संवादको क्रम बढ्ने अपेक्षा भइरहेका बेला थापाले भेटका लागि समय माग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    पार्टी सभापतिको जिम्मेवारी सम्हालेपछि थापाले निवर्तमान सभापति देउवासँग गर्न लागेको भेटमा पार्टीको आन्तरिक अवस्था, आगामी राजनीतिक रणनीति र समसामयिक विषयमा छलफल हुनसक्ने अनुमान गरिएको छ।

    यद्यपि, भेटको मिति र समय भने औपचारिक रूपमा तय भइसकेको छैन। भानु देउवाका अनुसार समय मिलाएर थापालाई भेटका लागि बोलाइनेछ।

    देउवा–थापा भेटले कांग्रेसभित्रको पछिल्लो राजनीतिक समीकरण र नेतृत्वबीचको सम्बन्धबारे नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend