Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रसुवा बाढीबारे भारतमा उच्चस्तरीय छलफल, भारतीय नागरिकको उद्धारलाई ‘उच्चतम प्राथमिकता’


१२, भदौ २०८३
  • 70
    SHARES
  • रसुवा बाढीबारे भारतमा उच्चस्तरीय छलफल, भारतीय नागरिकको उद्धारलाई ‘उच्चतम प्राथमिकता’

    काठमाडौँ । तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत अभियानबारे भारतमा उच्चस्तरीय छलफल भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा भइरहेका उद्धार तथा राहत प्रयासबारे शुक्रबार छलफल गरिएको जानकारी दिएका छन्।

    जयशंकरका अनुसार काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपाल तथा चीनमा रहेका भारतीय नागरिकको अवस्था र सुरक्षाबारे पछिल्लो जानकारी भारतीय विदेश मन्त्रालयलाई उपलब्ध गराएका छन्। बाढी प्रभावित क्षेत्रमा थप राहत सामग्री पठाउने विषयमा पनि मन्त्रालयका सम्बन्धित विभागले जानकारी गराएको उनले बताएका छन्।

    रसुवामा आएको बाढीमा भारतीय नागरिकसमेत प्रभावित भएपछि भारत सरकारले उनीहरूको उद्धार तथा सुरक्षालाई ‘उच्चतम प्राथमिकता’ दिएको जयशंकरले बताएका छन्।

    बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ३८९ जनाको शव फेला परेको छ। यस्तै, ८५ जना भारतीय नागरिकको उद्धार गरिएको जनाइएको छ।

    तर, बाढीपछि भारतीय नागरिकसहित कैयौँ विदेशी पर्यटक अझै बेपत्ता रहेको बताइएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपालका सुरक्षा निकायले नदी तटीय क्षेत्र तथा सम्भावित स्थानमा खोजी अभियान जारी राखेका छन्।

    भारतले नेपालमा रहेका आफ्ना नागरिकको अवस्थाबारे नियमित जानकारी लिइरहेको र आवश्यक परे थप राहत तथा उद्धार सहयोग उपलब्ध गराउने तयारी गरेको छ।

    रसुवा बाढीले नेपालसँगै भारतीय तथा अन्य विदेशी नागरिकलाई समेत प्रभावित बनाएपछि घटनाले अन्तर्राष्ट्रिय चासो बढाएको छ। अहिले बेपत्ताको खोजी, उद्धार र प्रभावितको सुरक्षालाई नेपाल तथा छिमेकी मुलुकहरूले उच्च प्राथमिकतामा राखेका छन्।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend