Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एल निनो जलवायु घटनाका कारण देशैभर इक्वेडरद्वारा आपत्कालकाे घोषणा


१५, भदौ २०८३
  • 73
    SHARES
  • एल निनो जलवायु घटनाका कारण देशैभर इक्वेडरद्वारा आपत्कालकाे घोषणा

    एजेन्सी। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशैभर उच्च शतर्कता जारी गर्दै आपत्कालकाे घोषणा गरेको छ।

    इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशैभर उच्च शतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको हाे। शतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपत्कालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुने भएका छन् ।

    इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डढेलोको जोखिम बढ्ने अनुमान गरेको हाे । यस वर्षको एल निनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इन्डोनेशियामा डढेलोको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।

    वैज्ञानिकहरूका अनुसार अहिलेको एल निनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ मा विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुनसक्ने अनुमान गरिएकाे हाे।

    पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एल निनोका कारण आपत्काल घोषणा गरिसकेका छन् । पेरुले पनि एल निनोका कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई ध्यानमा राख्दै आफ्ना झन्डै एकतिहाइ शहरमा आपत्काल घोषणा गरेको हाे । एल निनो समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो ।

    प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ।

    साेही असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनो प्रभाव हो ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend