Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै


१५, भदौ २०८३
  • 42
    SHARES
  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म पहिचान हुन नसकेका शवको व्यवस्थापन तनहुँको व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ।

    भविष्यमा समेत मृतकको पहिचान गर्न सकिने गरी आवश्यक कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरेर मात्रै शव व्यवस्थापन गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार शव व्यवस्थापनअघि डिएनए नमुना सङ्कलन, आवश्यक विवरण अभिलेखीकरण तथा अन्य पहिचानसम्बन्धी प्रक्रिया पूरा गरिनेछ।

    तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि आवश्यक कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरिने जानकारी दिए। उनका अनुसार परिवारले पछि दाबी गर्न सक्ने अवस्था तथा भविष्यमा पहिचान खुल्न सक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक नमुना र विवरण सुरक्षित राखिनेछ।

    ३७ शव फेला, १४ दमौलीमा

    बाढीपछि त्रिशूली नदी हुँदै तनहुँको क्षेत्रमा हालसम्म ३७ वटा शव फेला परेका छन्। तीमध्ये २४ शव आवश्यक प्रक्रिया पूरा गरी पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको प्रशासनले जनाएको छ।

    फेला परेका शवमध्ये पहिचान हुन नसकेकाको व्यवस्थापन गर्दा मृतकको पहिचानको सम्भावना पूर्ण रूपमा समाप्त नहोस् भन्ने उद्देश्यले डिएनएलगायतका वैज्ञानिक प्रमाण सुरक्षित राख्न लागिएको प्रशासनको भनाइ छ।

    शव व्यवस्थापनको कार्य अत्यन्त संवेदनशील भएकाले स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी प्रक्रिया अघि बढाइने भएको छ।

    विपद्का क्रममा ज्यान गुमाएकाको शव व्यवस्थापनसँगै उनीहरूको पहिचान र आफन्तसम्म सूचना पुर्‍याउने कार्यलाई पनि प्राथमिकतामा राखिएको प्रशासनले जनाएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend