Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न भारतलाई अदालतकाे आदेश


१६, भदौ २०८३
  • 170
    SHARES
  • पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न भारतलाई अदालतकाे आदेश

    काठमाडौं । नेदरल्यान्ड्सको हेगस्थित स्थायी मध्यस्थता अदालतले भारतलाई पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न आदेश दिएको छ।

    अदालतले काश्मीर क्षेत्रका जलविद्युत आयोजनाको काम सीमित गर्न आदेश दिएको हाे। अदालतले भारतसँग सम्झौता रद्द वा निलम्बन गर्ने कुनै औचित्य नरहेको भन्दै यो सन्धि पूर्ण रूपमा लागू रहने ठहर गरेको छ।

    भारतीय विदेश मन्त्रालयले मध्यस्थता अदालतको उक्त फैसलालाई पूर्ण रूपमा खारेज गरिदिएको हाे । भारतले सन्धि स्थगनको निर्णय अहिले पनि कायम रहेको स्पष्ट पारेको छ ।

    अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले ६५ वर्ष पुरानो यो जल सम्झौता एकतर्फी रूपमा स्थगित गरेको थियो । पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म यो सम्झौता पुनःबहाल नहुने भारतको शर्त छ ।

    सन् १९६० को सिन्धु जल सम्झौताअनुसार सिन्धु, झेलम, चेनाबजस्ता पश्चिमी नदीहरूको अधिकार पाकिस्तानलाई र राभी, व्यास, सतलज जस्ता पूर्वी नदीहरूको अधिकार भारतलाई दिइएको थियो।

    यस सम्झौता अन्तर्गत समग्र नदी प्रणालीको करिब ८० प्रतिशत पानीमा पाकिस्तानको अधिकार रहँदै आएको छ। पाकिस्तानले पटक-पटक भारत समक्ष सम्झौता पुनःबहाल गर्न माग गर्दै आए पनि भारतले भने आफ्नो अडान कायमै राखेको हाे।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend