Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ


२२, भदौ २०८३
  • 102
    SHARES
  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरी उपभोक्तासँग बढी मूल्य असुलेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

    काठमाडौंको रातोपुल नजिकै सञ्चालन हुँदै आएको सफिक मासु पसलबाट खसीको मासुको मूल्य लिएर ग्राहकलाई बाख्रीको मासु बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेपछि घटनाको खुलासा भएको हो।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको सितामढी घर भई हाल रातोपुल बस्दै आएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोटका १८ वर्षीय अरुण कार्की तथा मकवानपुरको हेटौँडाका २१ वर्षीय सुजन रसाइली रहेका छन्।

    उनीहरूले ग्राहकसँग प्रतिकिलो एक हजार आठ सय रुपैयाँका दरले खसीको मासुको मूल्य लिने तर झुक्याएर बाख्रीको मासु बिक्री गर्ने गरेको आरोप प्रहरीले लगाएको छ।

    विशेष सूचनाका आधारमा पसलमा पुगेको प्रहरी टोलीले बिक्रीका लागि राखिएको बाख्रीको मासु बरामद गर्नुका साथै काट्नका लागि तयारी अवस्थामा राखिएको अर्को एउटा जीवित बाख्रीसमेत नियन्त्रणमा लिएको जनाएको छ।

    चाडपर्वको समयमा मासुको माग बढ्ने र बजारमा उपभोक्तालाई झुक्याएर गुणस्तर तथा मूल्यमा ठगी गर्ने गतिविधि बढ्न सक्ने सम्भावनाबीच प्रहरीले उक्त घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।

    पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले चाडबाडको मुखमा उपभोक्तालाई विशेष रूपमा सचेत रहन आग्रह गरेको छ। आफूले खरिद गरेको वस्तुको गुणस्तर, प्रकार र मूल्यमा शङ्का लागेमा सम्बन्धित निकाय तथा प्रहरीलाई तत्काल जानकारी दिन पनि आग्रह गरिएको छ।

    खसीको मासु भन्दै फरक प्रकारको मासु बिक्री गरी उपभोक्ताबाट महँगो मूल्य असुलिएको आरोपमा भएको यो कारबाहीले चाडपर्व लक्षित बजार अनुगमन र उपभोक्ता संरक्षणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता समेत उजागर गरेको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend