Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’


२८, भदौ २०८३
  • 73
    SHARES
  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको बढ्दो अन्तरसम्बन्धप्रति चिन्ता व्यक्त गर्दै संकटको सामना गर्न सदस्य राष्ट्रबीच सहकार्य, पूर्वतयारी र सूचना आदानप्रदानलाई तीव्र बनाउनुपर्ने बताएका छन्।

    नयाँदिल्लीस्थित भारत मण्डपमा आइतबार आयोजित सम्मेलनको खुला सत्रलाई सम्बोधन गर्दै मोदीले विश्वका देशहरू आर्थिक, सामाजिक र आपूर्ति प्रणालीका माध्यमबाट गहिरोसँग जोडिएकाले कुनै एक क्षेत्रमा उत्पन्न संकटको असर अन्य मुलुकमा समेत तत्काल पर्ने अवस्था सिर्जना भएको बताए।

    उनले महामारी, जलवायुजन्य विपद्, विश्वव्यापी तनाव तथा आपूर्ति शृंखलामा देखिएका अवरोधले अन्तरनिर्भर विश्वको वास्तविकता स्पष्ट पारेको उल्लेख गरे। बढ्दो अन्तर्राष्ट्रिय तनावको प्रत्यक्ष असर आम मानिसको दैनिक जीवनमा परिरहेको भन्दै उनले संकटको प्रभाव न्यूनीकरणका लागि सामूहिक पहल आवश्यक रहेको बताए।

    ब्रिक्समा एकीकृत पूर्वचेतावनी प्रणाली

    मोदीले सम्भावित संकट आउनुअघि नै जोखिम पहिचान र तयारी गर्न ब्रिक्स राष्ट्रहरूबीच सहकार्य अघि बढाइएको जानकारी दिए।

    उनका अनुसार संक्रामक रोगको फैलावट रोक्न तथा त्यसबाट उत्पन्न हुन सक्ने संकट व्यवस्थापनका लागि ‘ब्रिक्स एकीकृत पूर्वचेतावनी प्रणाली’ निर्माण गर्ने सहमति भएको छ।

    त्यस्तै, विपद् व्यवस्थापनका लागि पूर्वचेतावनीसम्बन्धी तथ्यांकलाई एकीकृत गर्ने दिशानिर्देशसमेत तयार पारिएको उनले बताए। यस्तो प्रणालीले सदस्य राष्ट्रलाई सम्भावित जोखिमबारे समयमै सूचना उपलब्ध गराउनुका साथै उद्धार, राहत तथा जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    लचकता, नवप्रवर्तन र दिगोपनमा जोड

    मोदीले ब्रिक्सको बढ्दो प्रभाव, आकर्षण र सदस्य राष्ट्रबीचको विश्वासले संगठनको विस्तार र सक्रियता बढेको बताए।

    भारतको अध्यक्षतामा ब्रिक्सको कार्यलाई लचकता, नवप्रवर्तन, सहकार्य र दिगोपन गरी चार प्रमुख आधारमा अघि बढाइएको उनको भनाइ थियो।

    सदस्य राष्ट्रबीचको सहकार्यलाई केवल छलफलमा सीमित नराखी साझा सोचलाई व्यवहारिक कार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै मोदीले त्यसबाट सबै सदस्य राष्ट्र लाभान्वित हुने वातावरण निर्माण गर्नुपर्ने बताए।

    मोदी, सी र पुटिन एउटै फ्रेममा

    सम्मेलनको दोस्रो दिनको समूह तस्बिरमा भारतीय प्रधानमन्त्री मोदीसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमेत देखिए। मोदीले भारत मण्डपमा रुसी राष्ट्रपति पुटिनलाई स्वागत गरेका थिए।

    सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी भएका छन्। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, भियतनामका प्रधानमन्त्री ले मिन्ह हङ, बुरुन्डीका राष्ट्रपति एभरिस्ट न्दायिशिमिये र फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियरलगायतका नेताहरू भारत मण्डप पुगेका छन्।

    यसैबीच, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र सांसद प्रियंका गान्धी वाड्रासँग बिहानको खानामा भेटवार्ता गरेका छन्।

    ब्रिक्स सम्मेलनको दोस्रो दिन विश्वव्यापी सहयोग, आर्थिक विकास, व्यापार, सुरक्षा तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा केन्द्रित छलफल भइरहेको छ। सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न राष्ट्रका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।




  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend