Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मालारानी-५ कांग्रेस वडा अधिवेशन सर्वसम्मत, सभापतिमा माधवप्रसाद पन्थी


३, असोज २०८३
  • 146
    SHARES
  • मालारानी-५ कांग्रेस वडा अधिवेशन सर्वसम्मत, सभापतिमा माधवप्रसाद पन्थी

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीको मालारानी गाउँपालिका-५, बाँगीको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। 

    अधिवेशनले माधवप्रसाद पन्थीको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपसभापतिमा नारायण खड्का, महिला उपसभापतिमा गायत्री विक, सचिवमा गणेश भुसाल र सह=सचिवमा तेजबहादुर केसी चयन हुनुभएको छ।

    त्यस्तै वडा कार्यसमिति सदस्यमा विमल भुसाल, गोमा भुसाल, भोलानाथ पराजुली, डम्बरप्रसाद भुसाल, दण्डपानी भुसाल, बुद्धीराम भुसाल, बिनिराम भुसाल, रामबहादुर खड्का, मेगराज भुसाल र देविराम भुसाल लगायत चयन हुनुभएको छ।

    4.jpeg

    अधिवेशनबाट २४ जना क्षेत्रीय प्रतिनिधि समेत निर्वाचित भएका छन्। निर्वाचन अधिकृत निशा थापाका अनुसार क्षेत्रीय प्रतिनिधिमा निर्मला क्षेत्री, विष्णु क्षेत्री, नारायणप्रसाद भुसाल, ठाकुरप्रसाद पन्थी, मणिराम खनाल, हिमलाल भुसाल, डबलप्रसाद भुसाल, गायत्री विक, मिना खनाल, पम्फा क्षेत्री, रामकुमार क्षेत्री, कृष्णप्रसाद भुसाल, केशव पाण्डे, गीता पोखरेल भुसाल, पिताम्बर कुँवर, कविराम पन्थी, जुवानन्द भुसाल, बिनिराम भुसाल, कमला न्यौपाने भुसाल, कमला भुसाल, विमला भुसाल, गोमा भुसाल, हुमकला टण्डन र माधवप्रसाद पन्थी निर्वाचित हुनुभएको जनाइएको छ।

    अधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी पूर्व सचेतक निर्मला क्षेत्रीले लोकतन्त्रको संस्थागत विकास र संरक्षणमा नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले पार्टीभित्र विचार र नेतृत्वका विषयमा स्वाभाविक बहस भए पनि त्यसलाई आपसी कटुता र विभाजनको कारण बनाउन नहुनेमा जोड दिनुभयो। “नेपाली कांग्रेसको शक्ति नै यसको लोकतान्त्रिक संस्कार, संगठन र कार्यकर्ताबीचको सम्बन्ध हो। त्यसैले सानातिना मतभेदमा अल्झिएर पार्टीको मूल उद्देश्य कमजोर पार्नु हुँदैन,” उहाँले भन्नुभयो।

    qwe.jpeg

    क्षेत्रीले १५औँ महाधिवेशनलाई पार्टीभित्रको संगठनात्मक पुनर्संरचना, पुस्ताबीचको समन्वय र नेतृत्वप्रति कार्यकर्ताको अपेक्षालाई सम्बोधन गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीले नयाँ पुस्ताको ऊर्जा, अनुभव र संगठनात्मक क्षमतालाई समेट्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

    उहाँले वडा तहदेखि नै संगठनलाई चलायमान, जनमुखी र प्रभावकारी बनाउन सके त्यसको प्रत्यक्ष प्रभाव आगामी निर्वाचन तथा पार्टीको समग्र राजनीतिक यात्रामा पर्ने बताउनुभयो। “महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, संगठनलाई नयाँ ऊर्जा दिने अवसर पनि हो। वडा तहमा देखिएको यो उत्साह र एकताको भावलाई अझ बलियो बनाउँदै अघि बढ्नुपर्छ,” क्षेत्रीले भन्नुभयो।

    5.jpegमहाधिवेशनमा कार्यकर्ताको सक्रिय सहभागिता र संगठनप्रतिको उत्साहले पार्टीको आगामी राजनीतिक यात्रालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उल्लेख गर्दै उहाँले निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न अहिलेबाटै संगठन निर्माण र जनसम्पर्कलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

    त्यसैगरी जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्रे, प्रदेशसभा ‘क’ क्षेत्रीय सचिव नारायणप्रसाद भुसाल, मालारानी-५ का पूर्व पार्टी सभापति मणिराम खनाल, ठाकुरप्रसाद पन्थी लगायतले वडा तहबाटै पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउन सबै तहका नेता-कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

    WhatsApp Image 2026-09-19 at 10.29.16 PM.jpeg

    वक्ताहरूले महाधिवेशनको तयारीसँगै संगठन विस्तार, क्रियाशील सदस्यबीचको समन्वय र स्थानीय तहमा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    WhatsApp Image 2026-09-19 at 10.33.25 PM.jpeg

    WhatsApp Image 2026-09-19 at 10.35.45 PM.jpeg

    WhatsApp Image 2026-09-19 at 10.36.31 PM.jpeg
    WhatsApp Image 2026-09-19 at 10.38.29 PM.jpeg
    WhatsApp Image 2026-09-19 at 10.39.29 PM.jpeg

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend