Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको थप ३१ मिलियन डलर सहयोग घोषणा


७, असोज २०८३
  • 60
    SHARES
  • बाढीपछिको पुनर्निर्माणमा अमेरिकाको थप ३१ मिलियन डलर सहयोग घोषणा

    काठमाडौं । नेपालमा बाढीबाट प्रभावित पूर्वाधार तथा समुदायको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन अमेरिकी डलर सहयोग घोषणा गरेको छ। न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटमा अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले नयाँ सहयोगको घोषणा गरेकी हुन्।

    भेटका क्रममा उपसचिव हुकरले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकप्रति समवेदना व्यक्त गर्दै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति समेत सहानुभूति प्रकट गरिन्।

    अमेरिकी सहयोगमध्ये १० मिलियन डलर यातायात पूर्वाधारको पुनःस्थापना तथा क्षेत्रीय सम्पर्क विस्तारमा खर्च गरिनेछ। उक्त रकमबाट अमेरिकी कम्पनीमार्फत स्थायी तथा आवश्यकताअनुसार निर्माण गर्न सकिने पुल खरिद गरी बाढीबाट क्षतिग्रस्त क्षेत्रमा उपलब्ध गराउने योजना रहेको छ।

    त्यस्तै, बाढी प्रभावित समुदायको तत्कालीन तथा आगामी आवश्यकतालाई सम्बोधन गर्न खानेपानी, सरसफाइ, आश्रय, संरक्षण, जीविकोपार्जन तथा हिउँदका आवश्यकताका लागि थप ८ मिलियन डलर उपलब्ध गराइने भएको छ।

    अमेरिकाले विपद् व्यवस्थापन तथा बाढीपछिको प्रतिकार्य क्षमता थप मजबुत बनाउन अमेरिकामा निर्मित ड्रोन उपलब्ध गराउन १३ मिलियन डलर खर्च गर्ने योजना पनि सार्वजनिक गरेको छ। यसबाट विपद्को समयमा खोज तथा उद्धार, क्षतिको मूल्याङ्कन र प्रतिकार्य व्यवस्थापनमा प्रविधिको प्रयोग बढ्ने अपेक्षा गरिएको छ।

    नयाँ सहयोग घोषणासँगै नेपालमा बाढी प्रतिकार्य, राहत तथा पुनःस्थापनाका लागि अमेरिकाले उपलब्ध गराउने कुल सहायता ३६ मिलियन अमेरिकी डलरभन्दा बढी पुगेको अमेरिकी दूतावासले जनाएको छ।

    अमेरिकी पक्षले नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै प्रभावित क्षेत्रको आवश्यकता पहिचानका आधारमा आगामी दिनमा समेत थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पछिल्लो सहयोगले बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणसँगै प्रभावित समुदायको आधारभूत आवश्यकता र विपद् प्रतिकार्य क्षमता सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

     
     
     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend