Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एआई जोखिम व्यवस्थापनका लागि बहुपक्षीय ढाँचा आवश्यक : गुटेरेस


७, असोज २०८३
  • 61
    SHARES
  • एआई जोखिम व्यवस्थापनका लागि बहुपक्षीय ढाँचा आवश्यक : गुटेरेस

    अमेरिका । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्। उनले एआईको जिम्मेवार र सुरक्षित विकासका लागि सदस्य राष्ट्रहरूको सहमतिमा आधारित बहुपक्षीय जोखिम व्यवस्थापनसम्बन्धी ढाँचा निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

    संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनको सामान्य बहस उद्घाटनका क्रममा मंगलबार सम्बोधन गर्दै गुटेरेसले प्रविधिको तीव्र विकाससँगै विश्वमा शक्ति र प्रभावको स्वरूपसमेत परिवर्तन भइरहेको बताए।

    उनका अनुसार विगतमा शक्ति मुख्यतः भूभाग, त्यसपछि उद्योग र वित्तसँग जोडिएको थियो भने अहिले डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदमको भूमिका तीव्र रूपमा बढिरहेको छ। एआईको विकासले विश्वव्यापी रूपमा नयाँ सम्भावना सिर्जना गरे पनि यसको सम्भावित जोखिमलाई समयमै पहिचान र व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ थियो।

    गुटेरेसले एआईको विकास र प्रयोग पारदर्शी, जिम्मेवार र जवाफदेही ढंगले अघि बढाउनुपर्ने बताए। प्रविधि आफैँमा चुनौती नभएको स्पष्ट पार्दै उनले यसको प्रयोगमा उचित निगरानी, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

    एआई प्रणालीको विकासमा संलग्न केही विज्ञहरूले समेत सम्भावित सुरक्षा जोखिमबारे चिन्ता व्यक्त गरिरहेको उल्लेख गर्दै महासचिव गुटेरेसले जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले समयमै आवश्यक कदम चाल्नुपर्ने बताए।

    अग्रणी देशलाई सहकार्यको आग्रह

    सरकारहरूको प्रमुख जिम्मेवारी आफ्ना नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै गुटेरेसले एआई क्षेत्रमा अग्रणी क्षमता भएका राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय समुदायसँग जिम्मेवार र रचनात्मक सहकार्य गर्न आग्रह गरे।

    उनले एआईसम्बन्धी जोखिमका विषयमा संवाद, पारदर्शिता, आपसी विश्वास र सहकार्यलाई बलियो बनाउनुपर्ने बताए। एआई प्रविधिको प्रभाव विश्वव्यापी भएकाले यसको व्यवस्थापन पनि कुनै एक देशको प्रयासबाट मात्र सम्भव नहुने उनको धारणा थियो।

    शीतयुद्धका क्रममा आणविक हतियारबाट उत्पन्न सम्भावित जोखिम व्यवस्थापनका लागि राष्ट्रहरूले संवाद तथा सहकार्यका संयन्त्र निर्माण गरेको उदाहरण प्रस्तुत गर्दै गुटेरेसले एआईका सम्भावित जोखिमका विषयमा पनि साझा समझदारी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

    एआई विकासमा अग्रणी देशहरूले उदीयमान सुरक्षा जोखिमसम्बन्धी सूचना आदानप्रदान, परीक्षण तथा मूल्याङ्कनमा सहकार्य र साझा सुरक्षा मापदण्ड निर्माणका लागि पहल गर्नुपर्ने उनले बताए।

    संयुक्त राष्ट्रसंघको पहलमा जोड

    महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघ साझा भविष्यसँग सम्बन्धित विषयमा सबै राष्ट्रले आफ्ना धारणा प्रस्तुत गर्न सक्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताए।

    उनका अनुसार ग्लोबल डिजिटल कम्प्याक्टमार्फत सदस्य राष्ट्रहरूले एआई शासनका लागि पहिलोपटक विश्वव्यापी सिद्धान्तमा सहमति जनाएका छन्। त्यस्तै, एआई शासनसम्बन्धी ग्लोबल डायलगमार्फत सरकार, वैज्ञानिक, उद्योग क्षेत्र र नागरिक समाजबीच सहकार्यका लागि साझा मञ्च निर्माण गरिएको छ।

    संयुक्त राष्ट्रसंघले एआईसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलमार्फत विश्वभरका विज्ञको विशेषज्ञता एकत्रित गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग गरिरहेको पनि गुटेरेसले बताए।

    मानव निगरानी र बालबालिकाको सुरक्षामा जोड

    गुटेरेसले एआईको विकास र प्रयोगमा मानवतालाई केन्द्रमा राख्नुपर्नेमा विशेष जोड दिए। बालबालिकाको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिँदै एआई प्रणालीको जिम्मेवार प्रयोग सुनिश्चित गर्नुपर्ने तथा मानव जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयमा आवश्यक मानवीय निगरानी कायम राख्नुपर्ने उनले बताए।

    साथै, स्वचालित घातक हतियारबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय समुदायले सावधानी, जिम्मेवारी र सहकार्यका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।

    गुटेरेसले अब सदस्य राष्ट्रहरूले एआईको जिम्मेवार विकासका लागि आवश्यक वातावरण निर्माण गर्नुका साथै सम्भावित जोखिम सम्बोधन गर्न थप सुरक्षा उपाय अवलम्बन गर्नुपर्ने बताए। साथै, विश्वसनीय र स्वतन्त्र निगरानीसहितको बहुपक्षीय एआई जोखिम व्यवस्थापन ढाँचा निर्माणका लागि आवश्यक पहल अघि बढाउन उनले आह्वान गरे। – एजेन्सी

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend