Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मकवानपुरका दुर्गम बस्तीमा दसैँअघि नै मोबाइल नेटवर्क, निर्माणाधीन टावर सञ्चालनको तयारी


७, असोज २०८३
  • 57
    SHARES
  • मकवानपुरका दुर्गम बस्तीमा दसैँअघि नै मोबाइल नेटवर्क, निर्माणाधीन टावर सञ्चालनको तयारी

    मकवानपुर । मकवानपुरका दुर्गम बस्तीमा कमजोर मोबाइल नेटवर्कका कारण नागरिकले भोग्दै आएको समस्या समाधान गर्न निर्माणाधीन मोबाइल टावरलाई दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ।

    राक्सिराङ गाउँपालिका–५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माण भइरहेका दुई मोबाइल टावर सञ्चालनको अन्तिम तयारीमा पुगेका छन्। त्यस्तै, कैलाश गाउँपालिकाको कानडाँडामा निर्माणाधीन थप दुई टावर पनि सञ्चालनको अन्तिम चरणमा पुगेको सांसद प्रशान्त उप्रेतीले जानकारी दिएका छन्।

    सांसद उप्रेतीका अनुसार मनहरी गाउँपालिकाका थप दुई स्थान, इन्द्रसरोवर गाउँपालिकाको एक स्थान तथा कैलाश गाउँपालिकाका डाँडाखर्क, नामटार र भार्तासहित थाहा नगरपालिकाको चनवनमा समेत नयाँ मोबाइल टावर निर्माण भइरहेको छ।

    आवश्यकताका आधारमा मकवानपुरका विभिन्न स्थानमा रहेका पुराना टावरको क्षमता विस्तार तथा स्तरोन्नतिको प्रक्रियासमेत अघि बढाइएको छ। यसबाट दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    यसअघि गत भदौ ३० गते प्रतिनिधिसभाको बैठकमा सांसद उप्रेतीले मकवानपुर निर्वाचन क्षेत्र नं. २ का विभिन्न स्थानमा कमजोर मोबाइल नेटवर्कका कारण नागरिकले भोग्दै आएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए। त्यसलगत्तै सूचना तथा सञ्चार मन्त्रालयले चासो देखाएपछि टावर निर्माण तथा सञ्चालनको कामले गति लिएको हो।

    सांसद उप्रेतीले दुर्गम बस्तीका नागरिकले अझै पनि मोबाइल नेटवर्क खोज्दै डाँडाकाँडा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

    “मकवानपुरका दुर्गम बस्तीका नागरिकले अझै पनि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ। अब परिणाम नागरिकले अनुभूति गर्नेगरी काम सम्पन्न हुनु आवश्यक छ,” उनले भने।

    निर्माणाधीन टावरहरू निर्धारित समयमै सञ्चालनमा ल्याई सर्वसाधारणलाई भरपर्दो र सहज दूरसञ्चार सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिएका छन्। टावर सञ्चालनमा आएपछि मकवानपुरका ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकको सञ्चार पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

     
     
     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend