Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आगजनीपछि भाडाको भवनबाट सेवा दिँदै नेपालगन्ज भूमि प्रशासन कार्यालयले उठायो ७४ करोडभन्दा बढी राजस्व


७, असोज २०८३
  • 64
    SHARES
  • आगजनीपछि भाडाको भवनबाट सेवा दिँदै नेपालगन्ज भूमि प्रशासन कार्यालयले उठायो ७४ करोडभन्दा बढी राजस्व

    बाँके । ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनीबाट कार्यालय भवन र महत्वपूर्ण कागजात नष्ट भएपछि भाडाको भवनबाट सेवा सञ्चालन गर्दै आएको भूमि प्रशासन कार्यालय नेपालगन्जले गत आर्थिक वर्ष २०८२/८३ मा ७४ करोड ८६ लाख २९ हजार १०८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

    २०८२ भदौ २४ गते भएको आगजनीपछि कार्यालयले विद्युतरोडस्थित भाडाको भवनबाट सेवा दिँदै आएको छ। भौतिक संरचना र अभिलेखमा क्षति पुगे पनि कार्यालयले जग्गा प्रशासनसम्बन्धी सेवा तथा राजस्व सङ्कलनलाई निरन्तरता दिएको कार्यालय प्रमुख सन्तोष विकले जानकारी दिए।

    कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट ३७ करोड ४० लाख ९९ हजार ६०७ रुपैयाँ सङ्कलन भएको छ। त्यस्तै, रजिष्ट्रेसन दस्तुरबाट ३६ करोड ९० लाख ५९ हजार १६४ रुपैयाँ राजस्व प्राप्त भएको छ।

    यसैगरी सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुरबाट ५४ लाख २३ हजार ९१४ रुपैयाँ, फारम तथा पूर्जा बिक्रीबाट १७ हजार ६०० रुपैयाँ, न्यायिक दस्तुर, दण्ड तथा जरिवानाबाट १५ हजार ९०० रुपैयाँ तथा धरौटी सदर र स्याहार राजस्व शीर्षकबाट १२ हजार ९३२ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।

    आगजनीका कारण कार्यालयका महत्वपूर्ण अभिलेखमा क्षति पुगे पनि जग्गा प्रशासनको काम भने रोकिएको छैन। कार्यालयले जग्गा तथा सम्पत्तिसम्बन्धी लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका प्रशासनिक प्रक्रिया निरन्तर सञ्चालन गर्दै आएको छ।

    आगजनीबाट नष्ट भएका ३१ हजार १८९ जग्गाका जग्गाधनी प्रमाणपूर्जासँग सम्बन्धित स्रेस्ता पुनः कायम गरिएको कार्यालय प्रमुख विकले बताए। यसबाट नष्ट भएका अभिलेख पुनर्स्थापना गरी सेवाग्राहीलाई जग्गासम्बन्धी सेवा उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको कार्यालयको भनाइ छ।

    भौतिक संरचनाको अभावमा भाडाको भवनबाट सेवा दिँदा चुनौती रहे पनि सेवाग्राहीको काममा अनावश्यक ढिलाइ हुन नदिने गरी कार्यालय सञ्चालन भइरहेको विकले बताए। विभागको अनलाइन प्रणालीमा समस्या देखिएका समयबाहेक अन्य अवस्थामा सेवा प्रवाहलाई सहज बनाउने प्रयास भइरहेको उनको भनाइ छ।

    आगजनीपछि सीमित पूर्वाधारका बीच पनि कार्यालयले ठूलो परिमाणमा राजस्व सङ्कलन गर्नुका साथै जग्गासम्बन्धी अभिलेख पुनर्स्थापना र प्रशासनिक सेवा सञ्चालनलाई निरन्तरता दिएको छ। यसले भूमि प्रशासनसँग जोडिएका सेवा तथा सरकारको राजस्व सङ्कलन दुवैलाई प्रभावित हुन नदिन कार्यालयले निरन्तर काम गरिरहेको देखाएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend