Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत


१०, असोज २०८३
  • 924
    SHARES
  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको छ। जिल्लाका चार पालिकामा सभापतिसहित नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा निर्वाचन प्रक्रियामार्फत सभापति चयन भएका छन्।

    पालिका अधिवेशनअन्तर्गत सन्धिखर्क नगरपालिकामा तुल्सी पौडेल, भूमिकास्थान नगरपालिकामा रामप्रसाद घिमिरे ‘तीर्थ’, शितगंगा नगरपालिकामा हिम्मत पोखेल र छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।

    त्यस्तै, पाणिनि गाउँपालिकामा नुरमहम्मद मिया र मालारानी गाउँपालिकामा राजेन्द्र विक ‘रमेश’ सभापतिमा निर्वाचित हुनुभएको छ।

    पालिका अधिवेशनको निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष, पारदर्शी र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत अधिवक्ता अञ्जु रेग्मीको नेतृत्वमा निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।

    मुख्य निर्वाचन अधिकृत रेग्मीका अनुसार निर्वाचन प्रक्रियालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन आवश्यक निर्वाचन मापदण्ड तथा प्रक्रियालाई पालना गर्दै पालिका अधिवेशन सम्पन्न गरिएको हो। उहाँका अनुसार सभापतिसहित उपसभापति, सचिव, सहसचिव लगायतका सबै पदमा समेत सर्वसम्मत नेतृत्व चयन भएको छ।

    पालिका अधिवेशनमा देखिएको सहमति र सर्वसम्मतिले पार्टीभित्रको लोकतान्त्रिक अभ्याससँगै संगठनात्मक एकता र सहकार्यको सन्देश दिएको छ।

    निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै नवनिर्वाचित सभापति, पदाधिकारी तथा प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले आगामी दिनमा नेपाली कांग्रेस अर्घाखाँचीको संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    मुख्य निर्वाचन अधिकृत अधिवक्ता अञ्जु रेग्मीको संयोजनमा जिल्लाका वडा र  पालिका अधिवेशनहरू शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुनु निर्वाचन प्रक्रियाको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा उच्च सतर्कता, पाँच सडकखण्ड राति बन्द

    बुटवल । असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend