Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा


१०, असोज २०८३
  • 108
    SHARES
  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई औपचारिक निमन्त्रणा गरिएको छ।

    कांग्रेस केन्द्रीय सहमहामन्त्री उदयशमशेर राणाको नेतृत्वमा गएको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी महाधिवेशन उद्घाटन समारोहमा उपस्थितिका लागि औपचारिक निमन्त्रणा प्रदान गरेको हो।

    कांग्रेसले असोज १६ गते खुलामञ्चमा आयोजना हुने उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता-कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई सहभागी हुन आह्वान गरेको नेपाली काङ्ग्रेसका काबा मुख्यसचिब कृष्ण प्रसाद दुलालले बताउनुभयो ।

    महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको उपस्थितिले राजनीतिक संवाद, सहकार्य, लोकतान्त्रिक अभ्यास र आपसी सद्भावलाई थप सुदृढ बनाउने कांग्रेसको विश्वास छ।

    कांग्रेसले १५औँ महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक दिशाबारे विमर्श गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा उच्च सतर्कता, पाँच सडकखण्ड राति बन्द

    बुटवल । असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend