Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

इरानी तीन कमान्डरको सूचना दिनेलाई १.५ करोड डलर पुरस्कार


१४, असोज २०८३
  • 8
    SHARES
  • इरानी तीन कमान्डरको सूचना दिनेलाई १.५ करोड डलर पुरस्कार

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) अन्तर्गत एयरोस्पेस फोर्सका तीन वरिष्ठ कमान्डरबारे सूचना दिनेलाई १५ मिलियन अमेरिकी डलरसम्मको पुरस्कार घोषणा गरेको छ।

    अमेरिकी विदेश विभागको ‘Rewards for Justice’ कार्यक्रमअन्तर्गत घोषणा गरिएको पुरस्कारका लागि ब्रिगेडियर जनरल अब्दुल्लाह मेहराबी, अहमद जाफराबादी र अली असगर नौरुजीको गतिविधि तथा उनीहरूसँग सम्बन्धित जानकारी मागिएको बताइएको छ।

    मेहराबीलाई आईआरजीसी एयरोस्पेस फोर्सअन्तर्गतको ‘जिहाद अनुसन्धान तथा आत्मनिर्भरता संगठन’को प्रमुखका रूपमा उल्लेख गरिएको छ भने जाफराबादीलाई एयरोस्पेस फोर्सका वरिष्ठ कमान्डर तथा सञ्चालन व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारीमा रहेको व्यक्तिका रूपमा अमेरिकी पक्षले पहिचान गरेको छ। नौरुजीलाई भने रिभोलुसनरी गार्डको तयारी तथा समर्थनसम्बन्धी जिम्मेवारीमा रहेको अधिकारीका रूपमा वर्णन गरिएको छ।

    अमेरिकाले पछिल्लो कदमसँगै इरानको रक्षा मन्त्रालय तथा सशस्त्र बलसँग सम्बन्धित १० व्यक्ति तथा संस्थामाथि प्रतिबन्धसमेत लगाएको छ। अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (OFAC) ले जारी गरेको विवरणमा इरानसँगै पाकिस्तान, चीन र अन्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू तथा संस्थाहरू समेटिएका छन्। अमेरिकी ट्रेजरीका अनुसार उनीहरूमाथिको कारबाही इरानको रक्षा मन्त्रालयका लागि हतियार तथा सैन्य सामग्री खरिदसँग सम्बन्धित नेटवर्कलाई लक्षित गरेर गरिएको हो।

    अमेरिकाले यसअघि पनि ‘Rewards for Justice’ कार्यक्रममार्फत आईआरजीसीसँग सम्बन्धित सूचना उपलब्ध गराउनेलाई आर्थिक पुरस्कार घोषणा गर्दै आएको छ। सन् २०१९ मा आईआरजीसीको वित्तीय संयन्त्रमा अवरोध पुर्‍याउन सहयोग पुग्ने सूचना दिनेलाई १५ मिलियन डलरसम्म पुरस्कार घोषणा गरिएको अमेरिकी विदेश विभागको अभिलेखमा उल्लेख छ।

    यसपटकको कदमले इरानको सैन्य तथा रक्षा संरचनासँग सम्बन्धित व्यक्तिमाथि अमेरिकी दबाब र प्रतिबन्धलाई थप कडा बनाएको देखिन्छ।

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend