Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

खेतमा पानी लगाउन गएका भण्डारी लत्रिएको तारमा परे, करेन्ट लागेर मृत्यु


२१, असोज २०८३
  • 121
    SHARES
  • खेतमा पानी लगाउन गएका भण्डारी लत्रिएको तारमा परे, करेन्ट लागेर मृत्यु

    गुल्मी । धुर्कोट गाउँपालिका–५ मा लत्रिएको बिजुलीको तारमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ऋषिराम भण्डारी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार भण्डारी मंगलबार दिउँसो सिमलचौर र चापटारीस्थित आफ्नै खेतमा पानी लगाउन भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि उनी घर नफर्किएपछि आफन्त तथा छरछिमेकीले खोजी सुरु गरेका थिए ।

    खोजीका क्रममा बुधबार बिहान खेत नजिकै लत्रिएको बिजुलीको तारमा परी मृत्यु भएको अवस्थामा भण्डारीलाई फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घटनाको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    खेतबारी तथा ग्रामीण क्षेत्रमा लत्रिएका र अव्यवस्थित विद्युत् तारका कारण जोखिम बढ्दै गएपछि स्थानीयवासीले विद्युत् संरचनाको नियमित निरीक्षण तथा सम्भावित दुर्घटना रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

  • तिहारले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र

  • आरोप–प्रत्यारोप होइन, जनताको काम गरेर जनमत कमाउनुस् : भण्डारी

    बुटवल । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद, आरोपप्रत्यारोप र भ्रम फैलाउन समय

  • लुम्बिनीमा अन्धोपन न्यूनीकरण गर्न स्वास्थ्य सेवामा लगानी बढाइने

    दाङ । लुम्बिनी प्रदेश सरकारले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend