Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन-मन्त्री पाण्डे


५, जेठ २०८०
  • 211
    SHARES
  • लिपिबद्ध गरेर मात्रै सुशासन कायम हुन सक्दैन-मन्त्री पाण्डे

    नवलपरासी। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले­­ सुशासन कायम गर्नका लागी लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाट नै पहल गर्नुपर्ने बताएका छन् । नवलपरासी(बर्दघाट पश्चिम सुस्ता) मा भएको लुम्बिनी प्रदेश आन्तरिक,कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुशासन कायम गर्नको लागि अरुलाई दोष दिनु भन्दा पनि  नेतृत्व तहबाट नै पहल गर्नुपर्ने आवश्यक रहेको बताए । उनले  भने सुशासन आफैबाट सुरुवात गनुपर्ने  हुन्छ त्यसमा नेतृत्व , कर्मचारी , तथा सेवाग्राही सबै  जिम्मेवार बन्नुपर्छ अनि मात्रै लागु हुन्छ अन्याथा भाषणमा मात्रै सिमित हुन्छ  ,।

    उनले संघीयताको प्रत्याभुति नागरिकलाई दिलाउन प्रदेश सरकार लागि रहेको जिकिर गर्दै  त्यसका लागि संघसँग विकेन्द्रीकरणको लागि संर्घष गरिरहेको बताए । उनले संघियता कार्यान्वयनका लागी  सवैको  सहयोग आवश्यक रहेको बताए ।

    मन्त्री पाण्डेले प्रदेश सरकार  विस्तारको लागि  मन्त्रालय बाँडफाडमा सत्तारुढ दलहरु लागि रहेको बताउदै अब छिटै सरकारले पुर्णता पाउने बताए । उनले लुम्बिनी प्रदेश सरकारले  पर्यटन  क्षेत्रको विकास  गर्न बुद्धको  जन्मस्थल लुम्विनी क्षेत्रको प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए ।  त्यसको लागि तीनै तहका सरकारको दायित्व रहेको औल्याउदै प्रदेश सरकार घरेलु उद्योग निर्माण,खेतीयोग्य भूमिमा चाहिने जति मल भण्डारण गर्ने जस्ता कार्यमा लागीरहेको बताए  ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भौमति यादवले सुशासन कायम गर्नको लागि  जिल्ला समन्वयलाई पूर्ण जिम्मेवार बनाउनु पर्ने बताए । उनले  स्थानीय तहको विकासको लागि सयममै  नदिजन्य पदार्थको  ठेक्का लगाउनु पर्नेमा जोड दिए । उनले ढिला सुस्तीका कारण नदी जन्य पदार्थ चोरी बढेकाले त्यसलाई रोक्न सवैले ध्यान दिनु पर्ने बताए ।

    नवलपरासी(बर्दघाट पश्चिम सुस्ता) का प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सुशासन कायम राख्नको लागि पारदर्शिता,जवाफदेहिता र विधिको शासन पालना गर्नुपर्नेमा जोड दिए । उनले विकासे आयोजनाहरु समयमा पुरा नहुनुमा आयोजना छनोटमा नै कमजोरी रहेको बताए । उनले सेवाग्राही प्रविधिमैत्री हुन  नसक्दा काममा ढिला सुस्ती भएको  भन्दै सुधारको लागि  विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए । उनले स्थानीयवासी सचेत नहुदाँ सिमा क्षेत्रमा तस्करहरुले लाभ लिएको बताए । उनले जिल्लामा सुशासनको अवस्था तुलनात्मक रुपमा केही सुधार भए पनि जनचाहना अनुरुप हुन नसकेकाले सुधारका लागी आफुहरुले पहल गरिरहेको जानकारी दिए  ।

    त्यसै गरी  पूर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजनले शिक्षा क्षेत्रमा बेथिति रहेकाले सुधार गर्नुपर्नेमा जोड दिए । त्यस्तै  बर्दघाट नगरपालिकाका प्रमुख शम्भु लाल श्रेष्ठले सेवाग्राहीलाई छिटो छरितो सेवा दिन आफुहरु लागीरहेको बताउदै जनगुनासोलाइ ख्यालमा राखेर काम गरिरेहेको बताए । त्यसै गरी सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले आफुहरु जनताको न्याय र सुशासनको पक्षमा रहेको बताउदै  आफुहरुले जनताको मर्म र आवश्यकता अनुसार पालिकाले  काम  गरिरहेको बताए । ।

    रामग्राम नगरपालिकाका प्रमुख धनपति यादवले  जनतालाई सेवा दिने कुरामा ढिलासुस्ती नगरेको जिकिर गर्दै पत्रकारले सत्यतथ्य नबुझी समचार सम्प्रेषण  गर्दा जनतामा भ्रम सिर्जना भएको बताए । उनले काम गर्ने क्रममा कमी कमजोरी हुन सक्छन्  त्यसलाई सुधार गरेर अघि बढ्न पालिका तयार रहेको बताए । 

    कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव,सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता,बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा,सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी,कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख  परमुराम धिताल , पालिका स्वास्थ्य प्रमुख प्रकाश पराजुली,सुनौलो सामुदायिक विकास केन्द्रका अध्यक्ष सपना अधिकारी थापा, महाकवि देवकोट क्याम्पस प्रमुख नारायण प्रसाद ढकालल,स्थानीयबासी सन्जय कुमार चौहान लगायत जिल्लामा क्रियाशिल विभिन्न सरकारी,गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि,क्रियाशिल पत्रकार,सुरक्षाकर्मीले भनाई राखेका थिए ।

    कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको  संचालनमा  सम्पन्न भएको थियो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend