काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०० किलो सुन काण्ड चुस्की लिने विषय नभएको बताउनु भएको छ । आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफुहरुले संसद चलाउन खोजिरहको बेलामा सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको बारे थाहा हुन्छ भन्ने भय भएको आरोप लगाउनुभयो ।
उहाँले हामी संसद चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न खोज्ने वित्तिकै सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने बताउदै भयावह ढंगले देशमाथि प्रहार भईरहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एउटा नाका बाट दिनमा १०० किलो सुन बाहिर आईरहेको छ सबै पास भएको छ अनि के यो चुस्की लिने विषय हो ? संसद अबरोध एमालेले नगरेको र त्यस्तो अवस्था सिर्जना गर्न नहुने उहाँको भनाइ थियो ।
उहाँले संसद निदाएर ,नवोली बस्ने ठाउँ नभएको बताउदै देश र जनताको पक्षमा बोल्नु पर्नेमा जोड दिनुभयो । देश र जनताको लागि बोलेको कुरालाई सरकारले सकारात्मक ढंगले लिनु पर्ने पनि उहाँको भनाई छ ।