बुटवल । राजनीतिशास्त्री तथा कानूनविद् प्रा.डा बुद्ध बहादुर थापाले लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिबक्ताका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमवार उच्च अदालत तुलसीपुरका माननीय मुख्य न्यायाधीश डा.रत्न बहादुर बागचन्दले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
को हुन् थापा ?
गुल्मी जिल्लाको मुसीकोट नगरपालिका-१,पौदीअमराईमा जन्मेका प्रा. डा बुद्ध बहादुर थापा हाल बुटवल उ.म.न.पा-९,कालिकानगरका बासिन्दा हुन् । कानुन र शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका थापाले नेपाल प्राध्यापक संघको केन्द्रिय अध्यक्षका रुपमा समेत जिम्मेवारी निभाईसकेका हुन् ।