Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी : अध्यक्ष साह


११, भदौ २०८०
  • 212
    SHARES
  • देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी : अध्यक्ष  साह

    काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका पीडितहरुले देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिनुभएको छ । सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै साहले सत्ता जोगाउनका लागि गौर घटनाको अनुसन्धानबाट पछि हट्ने षडयन्त्र भइरहेको भन्दै देशमा न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिनुभएको हो ।

    उहाँले गौर घटनाका पीडितसंग प्रधानमन्त्रीले बालुवाटारमा सहमति गरे पनि कुर्सी जोगाउन पछि हटेको जिकिर गर्नुभयो । गौर घटनामा १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत हुन नसकेको उहाँको भनाइ छ । साहले बिभिन्न प्रकरणहरु लुकाउनका लागि सरकारले नयाँ नयाँ प्रकरण ल्याउने गरेको तर्क गर्नुभयो । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणको रेकर्ड सरकारसंग रहे पनि ठूला व्यक्तिहरुलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनुभयो । 

    राजतन्त्र फालेपनि अहिले छोटेराजाहरुको शासन रहेको र जनता लाचार भएको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको शासन प्रणालीबाट देशको हित सम्भव छ कि छैन भन्ने बहस हुनुपर्ने बताउनुभयो । साहले सदनमा प्रतिपक्षी र सत्तापक्ष देखाउनका लागि मात्रै भएको र भागवण्डामा एक हुने गरेको तर्क गर्नुभयो । 

    उहाँले लोकतन्त्रमा कानूनी शासन हुने भएपनि संविधानलाई नेताहरुले खल्तीमा हालेर हिडेको जिकिर गर्नुभयो । सर्वोच्चले कोशीमा गैरसंवैधानिक काम भएको भनेपनि राज्य र दलहरु सचेत हुन नसकेको बताउनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend