Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाकिस्तानमा आत्मघाती हमलामा परी ९ सैनिकको मृत्यु


१५, भदौ २०८०
  • 146
    SHARES
  • पाकिस्तानमा आत्मघाती हमलामा परी ९ सैनिकको मृत्यु

    एजेन्सी । पाकिस्तानको खेबर पख्तुनख्वा प्रान्तमा एक सैन्य केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ९ सैनिकको मृत्यु भएको छ। 

    बान्नु जिल्लाको जानी खेल क्षेत्रमा रहेको सैन्य केन्द्रमा एक आतंककारीले विस्फोटक पदार्थ भरिएको मोटरसाइकलबाट आत्मघाती आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्। 

    घटनामा २० सैनिक घाइते भएका छन्। पाकिस्तानी प्रधानमन्त्री अन्वार उल हक काकरले सैन्य केन्द्रमा हृदयविदारक आक्रमण भएको ट्विटरमा उल्लेख गर्नुभएको छ। 

    यसैबीच जापानले आफ्नो रक्षा बजेटमा अपूर्व वृद्धि गरेको छ। दक्षिण र उत्तर कोरियाबीचको द्वन्द्व र चीनसँग बिग्रिँदो सम्बन्धलाई मध्यनजर गर्दै जापानले रक्षा बजेट बढाएको हो। 

    जापानले आगामी सन् २०२४ का लागि झण्डै ५३ अर्ब डलरको रक्षा बजेट प्रस्ताव गरेको छ। प्रधानमन्त्री फुमियो किशिदाको पाँच वर्षमा सैन्य खर्च ४३ खर्ब येनसम्म बढाउने योजनाअन्तर्गत यसपटक भारीमात्रामा वृद्ध गरिएको हो। 

    जापानले वायु रक्षा प्रणाली, मिसाइल तथा गोलाबारुद सहित हतियारका लागि ९ सय अर्ब येनको बजेट बनाएको अधिकारीहरुले जनाएका छन्।

     

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend