काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताउनुभएको छ । एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताउनुभएको हो ।
उहाँले एमालेले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गर्नुभयो । ओलीले देश बनाउने परिस्थीति बने मात्रै सरकारमा जाने एमालेको नीति रहेको बताउनुभयो । प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताउनुभयो ।
अध्यक्ष ओलीले यति ,वाइडबडी लगायतमा छानविन गरे सत्तामा रहेकाहरु नै जेल पर्ने दावी गर्नुभयो । उहाँले ८४ को निर्वाचनमा अरु सवै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गर्नुभयो ।
त्यस्तै उहाँले विरोधीहरुलाई देखाउनका लागि पनि एकतावद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिनुभयो ।