Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचार विरोधी मिसनमा अप्ठ्यारा आए पनि अभियान रोकिन्न : उपप्रधानमन्त्री श्रेष्ठ


२०, भदौ २०८०
  • 336
    SHARES
  • भ्रष्टाचार विरोधी मिसनमा अप्ठ्यारा आए पनि अभियान रोकिन्न : उपप्रधानमन्त्री श्रेष्ठ
    चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताउनुभएको छ । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उहाँले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताउनुभयो ।
     
    “यो मेरो मात्रै नभइ सरकारको पनि सङ्कल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ”, मन्त्री श्रेष्ठले भन्नुभयो । यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभयो । भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै उहाँले भन्नुभयो, “हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौंँ ।”
     
    ‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् तरु’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो सरकार भ्रष्टाचार, तस्करी, कालोबजारी, दण्डहिनता, ठगीको विरुद्धमा उभिएको छ । यस अभियानलाई निरन्तरता दिनेछौँ ।”
     
    सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गर्नुभयो । यी काम सजिलो नभएको भन्दै उहाँले भन्नुभयो, “सजिलो बाटो होइन भनेर तै चुप मै चुप भएर यथास्थितिकै सामु लम्पसार पर्ने काम यो सरकार र गृहमन्त्रीबाट हुनसक्दैन ।” उहाँले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने जनाउँदै यस्तै अन्य घटनाको खोेजी गरी छानबिन गर्ने बताउनुभयो ।
     
    देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताउनुभयो । उहाँले भन्नुभयो “क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा होस् वा नेपालमा लोकतन्त्र स्थापना गर्ने सन्दर्भमा होस् सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेका छन् ।”
     
    नेपालको जुन राजनीतिक परिवर्तन भए पनि त्यसका पछाडिका उपलब्धिलाई रक्षा गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । “परिवर्तनलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्न, विकास र समृद्धिको प्रक्रिया अगाडि बढाउन, जनताको जीवन फेर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ”, उहाँले भन्नुभयो । रेडियो माडीले यस क्षेत्रमा पुर्‍याएको योगदानको गृहमन्त्री श्रेष्ठले प्रशंसा गर्नुभयो । 
     
    कार्यक्रममा रेडियो र यसले आम नागरिकलाई पुर्‍याएको योगदानको बारेमा संस्थाका अध्यक्ष ओमनाथ पाण्डेले प्रकाश पार्नुभएको थियो । सो अवसरमा माडी नगरपालिका प्रमुख तारकुमारी काजी महतो, नेपाली कांग्रेस चितवनका सभापति शोभाखर चापागाइँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सन्देश पौडेललगायतले रेडियोलाई शुभकामना दिँदै माडी क्षेत्रका समस्याका बारेमा उपप्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । 
     
    आज माडी पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठ बिहीबार बिहान मात्रै फर्किने कार्यक्रम छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend