रुकुम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको प्रहरी जनाएको छ ।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा बिहीबार बिहान ७ बजे परेको हो । । हाल उद्दार कार्य जारी रहेको र जिपमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
घाइतेलाई थप उपचारका लागि हेलिकप्टर ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।