Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कार्यसम्पादन मुल्यांकनमा गुल्मी जिल्ला प्रशासन कार्यालय देशभरकै उत्कृष्ट


१७, असोज २०८०
  • 429
    SHARES
  • कार्यसम्पादन मुल्यांकनमा गुल्मी जिल्ला प्रशासन कार्यालय देशभरकै उत्कृष्ट

    गुल्मी । कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी आर्थिक वर्ष ०७९/०८० को अवधिमा पनि देशकै उत्कृष्ट कार्यालय बनेको छ। नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सुचाकहरुको आधारमा देशका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष ०७९/०८० मा गतवर्ष जस्तै अहिले पनि प्रथम नम्बर ल्याएर उत्कृष्ट प्रशासन कार्यालय बन्न सफल भएको हो। 

    कार्यसम्पादन मुल्यांकन मापन सूचकका लागि गृहमन्त्रालयले विभिन्न सूचकांकको आधारमा १०० पूर्णाङ्कमा जिल्ला प्रशासन गुल्मीले ९६.४४ अंक प्राप्त गरेर प्रथम भएको जानकारी प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिनु भयो।

    शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा १४ सहसुचक अंकभाबर २९ मा २९ नै प्राप्त गरेको छ । शासकीय प्रबन्ध ४० सहसुचक ४४ अंकभारमा ४१.२ अंक प्राप्त गरेको छ । लागूऔंषध नियन्त्रणमा सहसुचक ५ अंकभार ५ मा ५ नै अंक प्राप्त गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहसुचक १० र अंकभार १० मा १० नै प्राप्त गरेको छ ।

    मुअब्जा वितरण तथा विकास सहजिकरण सहसुचक ४ र अंकभार ५ मा ४.२५ अंक गरि १०० मा ९६.४४ अंक प्राप्त गरि देशमै प्रथम भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारि हरि प्रसाद गैरेले बताउनु भयो । गुल्मीले पहिलो त्रैमासिक २४।५ पूर्णाङमा २४।२ नम्बर,दोस्रो त्रैमासिकमा १६.५ पूर्णाङ्कमा १६.४ अंक,तेस्रो त्रैमासिकमा १४.५ मा १४.२ र चौथो त्रैमासिकमा ३९.५ मा ३७.४ प्राप्त गरेको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी गैरेले दिनुभयो  । 

    प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जिल्ला प्रशासन कार्यालय गुल्मीलाई प्रथम बनाउँन सहयोग गर्ने बिशेषत सुरक्षा निकाय,राजनीतिक दल,स्थानीय तह ,संचारकर्मी,नागरिक समाज सहित सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो । गुल्मीमा प्रमुख जिल्ला अधिकारीको रुपमा पुण्यविक्रम पौडेलको कार्यकाल दुई वर्ष नै प्रथम हुन सफल रह्यो । 

    सागरमणि पाठक र अहिलेका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीको नेतृत्वमा रहेको कार्यालय टिमको मेहनतबाट ६ महिने कार्यकालले पनि गुल्मी जिल्ला प्रशासनलाई प्रथम बनाउन योगदान पु¥याएको हो। गुल्मी पछि कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्ला ९६।१३ प्रतिशत अंक ल्याएर दोस्रो बनेको छ ।

    ९६.०० नम्बर ल्याई रुपन्देही जिल्ला प्रशासन तेस्रो भएको छ । ९५.८१ नम्बर ल्याई इलाम चौथो र ९५.३८ नम्बर ल्याई नवलपरासी पूर्व पाँचौ र ९५.१३ नम्बर ल्याई रुकुम पुर्व छैठौँ नम्बरमा परेको छ । डडेलधुरा र काठमाडौं जिल्ला प्रशासन भने क्रमशः सातौँ र आठौँ नम्बरमा परेका छ्न्। सब भन्दा कम नम्बर ल्याउने ७७ औँ जिल्लामा सिराहा जिल्ला प्रशासन परेको छ । उसले ६१.५६ नम्बर पाएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend