Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हमास इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ


२५, असोज २०८०
  • 148
    SHARES
  • हमास इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ
    काठमाडौँ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास इजराइलसँग सम्पर्कमा रहेको बताएको छ ।  
     
    गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमण पछि सैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५० इजराइली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ ।
     
    “तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमणहरू गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा उपलब्ध गराउन र कुनै पनि अन्तिम रिहाइका लागि हामी तयार छौँ”, निकट र मध्यपूर्वका लागि आइसीआरसीका क्षेत्रीय निर्देशक फाब्रिजियो कारबोनीले एक विज्ञप्तिमा भन्नुभयो ।
     
    अन्तर्राष्ट्रिय मानवीय कानूनबमोजिम बन्धक बनाउन निषेध गरिएको भन्दै कारबोनीले कसैलाई पक्राउ गरेको भए तुरुन्तै रिहा गर्नुपर्ने बताउनुभयो । आइसीआरसीले दुवै पक्षलाई नागरिकहरूको पीडा कम गर्न आग्रह गरेको छ । 
    शनिबार हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजराइलले गाजामा लगातार आक्रमण गरेको छ र पानी, बिजुली र इन्धनको आपूर्ति बन्द गर्दै २० लाख जनसङ्ख्या भएको गरिब क्षेत्रमा पूर्णतः घेराबन्दी गरेको छ । 
     
    हमासले इजराइली आक्रमणमा चार जना बन्धक मारिएको बताएको छ । साथै उसले बिना चेतावनीपूर्व नागरिकहरूमा लक्ष्य बनाएमा अरुलाई मार्ने चेतावनी दिएको छ । 
     
    टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पनि बन्धकहरूको रिहाइका लागि हमाससँग वार्ता सुरु गर्नुभएको बुधबार सरकारी स्रोतले एएफपीलाई बताएको छ । शनिबारदेखि जारी युद्धमा दुवै पक्षका गरी हजारौँको ज्यान गएको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend