Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

युक्रेनमाथि आक्रमणका लागि पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण


३, कात्तिक २०८०
  • 125
    SHARES
  • युक्रेनमाथि आक्रमणका लागि पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

    मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गरिरहेको रोस्तोभ–अन–डनस्थित सैन्य मुख्यालयको भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएको छ । 

    “पुटिनले पर्मबाट फर्किने क्रममा रोस्तोभ–अन–डनमा रुसी सशस्त्र फौजको मुख्यालयको भ्रमण गर्नुभयो”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ । युराल्सस्थित पर्म सहरमा पुटिनले बिहीबार बिताउनुभएको थियो ।

    सेना प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेनमाथिको आक्रमणको अवस्था बारेमा पुटिनलाई जानकारी गराउनुभएको थियो । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो । 

    युक्रेनले रुससँगको युद्धमा पहिलोपटक अमेरिकाले दिएको एटीएसीएमएस लामो दूरीको मिसाइल प्रयोग गरेको मङ्गलबार घोषणा गरेपछि पुटिनले सैन्य मुख्यालय भ्रमण गरी सेनाप्रमुखसँग भेट गर्नुभएको हो । 

    बुधबार पुटिनले एक सय ६५ किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलले युद्धमा कुनै प्रभाव नपार्ने भन्दै यसले युक्रेनको ‘पीडा’ लाई बढाउने मात्र बताउनुभयो । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend