Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तालिबानको प्रतिबन्धपछि अफगानिस्तानमा अफिमको उत्पादनमा ९५ प्रतिशतले गिरावट


१९, कात्तिक २०८०
  • 179
    SHARES
  • तालिबानको प्रतिबन्धपछि अफगानिस्तानमा अफिमको उत्पादनमा ९५ प्रतिशतले गिरावट
    अफगानिस्तान । तालिबान अधिकारीहरूले पप्पीमाथि प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा यसको खेती र अफिमको उत्पादनमा ९५ प्रतिशतले कमी आएको आइतबार प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । 
     
    सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान अधिकारीहरूले अफगानिस्तानमा अवैध लागुऔषध उत्पादन अन्त्य गर्ने वाचा गरेका छन् र सन् २०२२ अप्रिलमा अफिम र हेरोइन बनाइने पप्पी बोटको खेतीमा प्रतिबन्ध लगाएका छन् । 
     
    सन् २०२२ को अन्त्यमा दुई लाख ३३ हजार हेक्टरबाट घटेर सन् २०२३ मा १० हजार आठ सय हेक्टरमा पप्पीको खेतीमा करिब ९५ प्रतिशत कमी आएको राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) को प्रतिवेदनमा उल्लेख छ । 
     
    यस अवधिमा अफिमको उत्पादन पनि सन् २०२३ मा छ हजार दुई सय टनबाट घटेर तीन सय ३३ टन भएको छ । यो वर्ष २४ टनदेखि ३८ टन हेरोइनको निर्यात हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष तीन सय ५० टनदेखि पाँच सय ८० टन हेरोइन निर्यात भएको थियो । 
     
    अफगानिस्तानको अफिम अर्थतन्त्रमा अचानक कमीका कारण सम्भावित ‘धेरै कमजोर ग्रामीण समुदायका लागि मानवीय नतिजा’ को चेतावनी दिँदै युएनओडिसीले यसको उत्पादनमा प्रतिबन्ध लगाइँदा उत्पादकहरूले अत्यन्त कम आकर्षक वैकल्पिक बालीहरूतिर फर्कनुपरेको जनाएको छ । 
     
    युएनओडिसीका अनुसार सन् २०२२ मा किसानहरूको आम्दानी एक अर्ब ३६ करोड अमेरिकी डलर हुने अनुमान छ । यो यस वर्ष ९२ प्रतिशतले घटेर ११ करोड डलर भएको छ । यो घाटाले अफगानिस्तानको पहिला नै सङ्घर्षरत अर्थतन्त्रमा अत्यधिक असर पर्ने आशङ्का गरिएको छ । गत वर्ष विश्वको अग्रणी उत्पादक अफगानिस्तानमा कूल कृषि उत्पादनको मूल्यमा पप्पी बालीको योगदान करिब एक तिहाइ थियो । 
     
    “आज अफगानिस्तानका मानिसलाई गुमेको आम्दानीको आघातको सामना गर्न र जीवन बचाउन तत्काल मानवीय सहयोगको आवश्यकता छ”, युएनओडिसीका कार्यकारी निर्देशक घाडा वेलीले एक विज्ञप्तिमा भन्नुभयो, “अन्य सबै उत्पादन कपास, गहुँका लागि धेरै पानी चाहिन्छ तर अफगानिस्तानले लगातार तीन वर्षदेखि खडेरीको सामना गरिरहेको छ ।”
     
    अफगानिस्तानको आन्तरिक मन्त्रालयको लागुऔषध विभागले युएनओडिसीको प्रतिवेदनमा पप्पीको उत्पादनको अनुमानमा केही हदसम्म सहमत भएको जनाएको छ । 

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend