Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छ : उपराष्ट्रपति हान


२२, कात्तिक २०८०
  • 196
    SHARES
  • अमेरिकासँग ‘सबै तहमा’ सम्बन्ध सुधार गर्न चीन तयार छ : उपराष्ट्रपति हान

    बेइजिङ । चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताउनुभएको छ । आगामी साता सान फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलन हुनुभन्दा अघि उहाँको यस्तो धारणा आएको हो । 

    सिङ्गापुरमा ब्लुमबर्ग न्यु इकोनमी फोरममा उपराष्ट्रपति झेङले बेइजिङ र वासिङ्टनबीच हालैको उच्चस्तरीय बैठकहरूले सम्बन्धमा सुधार भइरहेको ‘सकारात्मक सङ्केत’ दिएको बताउनुभयो ।

    “हामी सबै तहमा अमेरिकासँग सञ्चार र संवादलाई सदृढ बनाउन, पारस्परिकरूपमा लाभदायक सहयोगलाई अघि बढाउन, मतभिन्नताहरूलाई उचितरूपमा व्यवस्थापन गर्न र संयुक्तरूपमा वैश्विक चुनौतीहरूको समाधान गर्न तयार छौँ”, उहाँले भन्नुभयो । 

    निर्यात नियन्त्रण, मानवअधिकार र राष्ट्रिय सुरक्षालगायत थुप्रै मुद्दामा वासिङ्टन र बेइजिङबीचको सम्बन्ध हालैका वर्षमा उनीहरूको सबैभन्दा निम्तस्तरमा पुगेको छ । तर दुवै पक्ष कुराहरू मिलाउन इच्छुक रहेको देखिन्छ । वासिङ्टनले सञ्चारलाई सुदृढ बनाउन यसै वर्ष थुप्रै शीर्ष अधिकारीहरूलाई बेइजिङ पठाएको छ । 

    अमेरिकी राष्ट्रपति बाइडेनले ‘रचनात्मक’ वार्ताका लागि आगामी साता सान फ्रान्सिस्कोमा शिखर सम्मेलनका अवसरमा चिनियाँ नेता सीसँग भेट हुने आफूले अपेक्षा गरेको बताउनुभएको छ ।

    यद्यपि अमेरिका–चीन सम्बन्धको प्रश्नले ‘मानवताको भविष्यमा निर्भर गर्छ’ भन्ने राष्ट्रपति सीको विचारलाई उपराष्ट्रपति झेङले बुधबार दोहोर्याएसँगै बेइजिङले शिखर बैठकको पुष्टि गर्न बाँकी छ । उहाँले भन्नुभयो, “दुई मुलुकले आफूलाई विकसित गर्न र समृद्ध गर्नका लागि विश्व ठूलो छ ।”

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend