Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ– सी


३०, कात्तिक २०८०
  • 176
    SHARES
  • अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ– सी

    बेइजिङ। चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताउनुभएको हो । 

    “यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भूराजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उहाँले भन्नुभयो । 

    राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग उहाँको बहुप्रतीक्षित वार्ताको केही घन्टापछि आएको हो । करिब एक वर्षपछि पहिलोपटक भएको भेटमा उहाँहरूले दुई मुलुकबीचको तनावलाई कम गर्ने वाचा गर्नुभएको छ । 

    उच्चस्तरीय सैन्य हटलाइनलाई पुनः सक्रियताका साथ सुरु गरी दुवै पक्षले लक्जरी फिलोली एस्टेटमा वार्तापछि धेरै सम्झौताको घोषणा गरेका छन् । 

    “हामीले धेरैभन्दा धेरै पुल बनाउनु पर्छ र जनता–जनताबीच कुराकानी गर्नका लागि अधिक सडक बनाउनुपर्छ”, करिब चार सय व्यापारिक नेता, सरकारी अधिकारी र शिक्षाविदहरूको उपस्थितिमा चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “हामीले विभिन्न अवरोध सिर्जना गर्नु हुँदैन वा भयावहको प्रभाव सिर्जना गर्नुहुदैन ।”

    सो अवसरमा उपस्थित हुने अतिथिहरूमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुक, ब्ल्याकरकका लरेन्स फिङ्क र पिफाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्ला हुनुहुन्थ्यो । 

    चीनको कडा व्यापारिक निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राख्दै अमेरिका–चीन व्यापार परिषद् र अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिले आयोजना गरेको कार्यक्रममा सीको टिप्पणीलाई ध्यानपूर्वक हेरिएको थियो ।

    अमेरिकी कम्पनीहरूले तीव्ररूपमा चीनमा लगानी गर्नबाट पन्छिरहन खोजेसँगै सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौंको सबैभन्दा तल्लो स्तरमा पुगेको अमेरिकी र युरोपेली उद्यम लबीहरूले बताएको छन्

  • ट्रम्पको ‘एयर फोर्स वन’ यात्राबाट सीएनएन हटाइयो, विवाद थप चर्कियो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेनेसी भ्रमणका क्रममा पत्रकारलाई राष्ट्रपतीय विमान एयर फोर्स वन

  • सी–ट्रम्प वार्ता : ताइवानमा सावधानी अपनाउन आग्रह, एआई सहकार्य विस्तारमा जोड

    वासिङ्टन । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न

  • जेलेन्स्कीको दाबी : रुसी सेनामा नेपाली नागरिक पनि प्रयोग भइरहेका छन्

    काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्दै रुसी सेनामा नेपाली

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend