Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

डिएलए नेपालको केन्द्रिय उपाध्पक्ष पदमा खत्रीले उम्मेदारी दिने


१८, जेठ २०८०
  • 1,352
    SHARES
  • डिएलए नेपालको केन्द्रिय उपाध्पक्ष पदमा  खत्रीले उम्मेदारी दिने

    बुटवल । उच्च अदालत बार एशोसिएशन बुटवलका निवर्तमान अध्यक्ष जोगबहादुर खत्रीले डेमोक्याटिक लयर्स एशोसिएशन नेपाल (DLA Nepal) को केन्द्रिय उपाध्पक्ष पदमा उम्मेदारी दिने बताएका छन् । उनले यही २०८० साल  जेठ २६ र २७ गते चितवनमा हुन गईरहेको केन्द्रीय महाधिवेशनमा लुम्बिनी प्रदेशको तर्फबाट केन्द्रिय उपाध्पक्ष पदमा उम्मेदारी दिने बताएका हुन् । 

    बुवा प्रेम बहादुर खत्री र आमा हुमकला खत्रीको कोखबाट २०३० सालमा गुल्मी सिमीचौर ६,अर्खलेमा जन्मेका खत्रीले एस.एल.सी सम्मको अध्ययन जिल्लामा नै गरेका थिए । उच्च शिक्षा अध्ययनका लागी बुटवल झरेका उनले  बुटवल बहुमुखी क्याम्पसबाट आई.एल र  बि.एल उर्तिण गरेका छन् । त्यसै गरी उनले काठमाडौं स्कुल अफ ल (KSL) बाट एलएल.एम सम्मको अध्ययन गरेको छन् । 

    विभिन्न संस्थामा आवद्ध भई सामाजिक एंवम् राजनीतिक गतिविधिमा सक्रिय उनी हाल कानुन व्यवसायमा केन्द्रित छन् । उच्च अदालत बार एशोसिएशन बुटवलको सदस्य समेत रहेका उनी उक्त बारको निवर्तमान अध्यक्ष हुन् ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend