Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लोपोन्मुख कला संस्कृतिलाई संरक्षण गर्नुपर्छ-सभामुख घर्ती


२०, जेठ २०८०
  • 262
    SHARES
  • लोपोन्मुख कला संस्कृतिलाई संरक्षण गर्नुपर्छ-सभामुख  घर्ती

    रोल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले एक लुम्बिनी एक नेपाल बनाउनुपर्ने कुरा बताएका छन्। परिवर्तन लोक सांस्कृतिक मेलाको परिवर्तन गाउँपालिकामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथी समेत रहेका सभामुख घर्ती मगरले भेषभुषा तराई पहाडमा केही फरक भए पनि मगर समुदायहरु संस्कार र संस्कृति प्रति सचेत भएको बताए । उनले सहरमा बस्ने मगरमा कहिँ कतै अहिले भेषभुषा केही फरक भएता पनि मगर समुदायको कला संस्कृति मिल्ने समेत बताए।

    रोल्पा रुकुम मगर समुदायको बाहुल्यता भएकोले नेकपा माओवादी केन्द्रले संघर्ष गरेको विश्लेषणले टिप्पणी गर्ने गरेको समेत बताउदै लुम्बिनी प्रदेशमा पनि ६ जिल्लाको तराई क्षेत्रमा जातीय र संस्कृतिमा एक रुपता भएको जनाए। सभामुख घर्तीले थारु समुदायकै हामीले हेरियौं भने पनि उनीहरूको राम्रो संस्कृती भएको बताए।

    पहाडी जिल्लामा पनि आफ्नै मुल्य मान्यता रहेको छ र त्यहाँ पनि समान कला संस्कृति भएको समेत बताए। साथै लुम्बिनी प्रदेशलाई एक प्रदेश एक नेपाल बनाउनु पर्नेमा जोड दिदै कुनै पनि जातीय कुरा गर्न नहुने समेत औल्याए।अहिले पछिल्लो समयमा धेरै समुदायले आफ्नो पू्र्खाले बोल्दै आएको भाषा नबोल्ने गरेकोले भाषा लोपोन्मुख अवस्थामा पुगेको जिकिर गरे । 
    ।

    म्यादी,गुल्मी,पाल्पा,बागलुङ लगायतका जिल्ला मगर जातिको नामबाट राखिएको  समेत बताए। रोल्पामा मगर भाषा नबोल्ने नेता धेरै भएको बताउदै लुम्बिनी प्रदेश समान जातीयताको प्रतिनिधित्व गर्ने प्रदेश भएकोले सबैले लोपोन्मुख कला संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । 


  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend